नेपाल अर्को विश्व रेकर्ड बनाउदै, १ लाख प्लाष्टिक प्रयोग गरीबनाईयो ‘मृत सागर’

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १९ गते १३:११

गिनिज अफ वल्र्ड रेकर्ड कायम गर्न एवं प्लाटिक प्रयोगले बातावरणमा पर्न गएको असरलाई लक्षित गर्दै टुंडिखेलमा मृत सागर “डेड सी” को निर्माण गरिएको छ। काठमाडौं राजधानीको मुटुमा अवस्थित टुँडिखेलमा करिब एक लाख प्लाष्टिक प्रयोग गरी डेड सि (मृत्त सागर) आकृतिको नक्सा निर्माण गरिएको छ।

प्लाष्टिकका कारण वातावरणमा पर्न गएको असर न्यूनिकरण गर्ने उद्देश्यसहित प्लास्टिक प्रयोग गरी डेड सिको नक्सा निर्माण गरिएको आयोजक स्टिम फाउण्डेशनले जनाएको हो। फाउण्डेशनका अनुसार उक्त नक्सामा करिब एक लाख प्लाष्टिकको प्रयोग गरिएको छ।

गिनिज अफ वल्र्ड रेकर्ड कायम गर्न पनि यस्तो कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ। यसअघि सिंगापुरमा ६८ हजार प्लास्टिक अक्टोपसको आकृतिमा बाँधेर विश्व रेकर्ड कायम गरिएको थियो। अहिले विश्वमा बढ्दो प्लाष्टिकको प्रयोग भइरहेको छ।

जसले गर्दा वातावरणमा नकारात्मक असर परिरहेको छ। सोही नकारात्मक असरलाई न्यूनिकरण गर्दै प्लाष्टिक प्रयोगमा रोक लगाउने उद्देश्यका साथ डेड सि आकृतिको नक्सामा करिब एक लाख प्लाष्टि बाँधेर विश्व रेकर्ड राख्ने कार्यक्रमको आयोजना गरिएको हो।

२०७५ मंसिर १९ गते १३:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर