अन्तरवार्तामा सोधिने ५ प्रश्न, जसको सही जवाफले तपाइँलाई दिलाउनेछ रोजेको जागिर
आजको खबर | प्रकाशित : २०७५ साउन २१ गते १२:५९

एजेन्सी। जागिरको लागि अन्तरवार्तामा जाँदा हरेक प्रतिस्पर्धीले केही सामान्य प्रश्नको सामना गर्नुपर्छ । सामान्यतया जागिर खोज्न जाने उम्मेदवारले प्राविधिक प्रश्नको लागि राम्रो तयारी गरेर जान्छन् तर सामान्य प्रश्नलाई त्यति महत्व दिँदैनन् । जबकि यिनै सामान्य प्रश्नको सही जवाफले उनीहरुलाई जागिर दिलाउन ठूलो भूमिका खेल्छ। यी प्रश्न सुन्दा निकै सामान्य लाग्छन् तर यी प्रश्नले उम्मेदवारको सोचाइ प्रस्ट पारिदिन्छन्।
१. तपाइँले यसअघिको जागिर किन छोड्नुभयो ?
– अन्तरवार्ता लिनेहरु यो जान्न चाहन्छन् कि तपाइँले यसअघिको जागिर किन छोड्नुभयो । यो प्रश्नमार्फत उनीहरु कामलाई लिएर तपाइँको माइण्डसेट जान्न चाहन्छन् । यस्तोमा यदि तपाइँले केही पढ्न, सिक्न वा ठूलो अवसरको तयारीका लागि अघिल्लो जागिर छोडेको भए यो तार्किक कारण हुन सक्छ । तर यदि कामको प्रेसर बढी भएर जागिर छोडेको भए यसबारे धेरै केही नभन्नु नै राम्रो हुन्छ ।
२. आफ्नो बारेमा बताउनुहोस् ।
– उनीहरु यो जान्न चाहन्छन् कि तपाइँको पेशेवर व्यक्तित्व उनीहरुको कम्पनी वा संस्थाको लागि कसरी उपयोगी हुन्छ । यो प्रश्नको जवाफमा तपाइले आवेदन दिएको पदको कामलाई ध्यानमा राख्दै आफ्ना अनुभव र भावी योजना बताउनुहोस् । याद राख्नुहोस् यो तपाइँले जुन कामको लागि आवेदन दिनुभएको छ त्यो कामसम्बन्धी तपाइँको क्षमता बुझ्न सोधिएको हुन्छ । यसबाहेक अन्य व्यक्तिगत कुराहरु नभन्नु नै राम्रो हुन्छ ।
३. तलब कति अपेक्षा गर्नुभएको छ ?
– उनीहरु यो जान्न चाहन्छन् कि तपाइँ आफूलाई कुन स्तरको सम्झनुहुन्छ । यस्तोमा यो अति जरुरी हुन्छ कि तपाइँ जुन पदको लागि आवेदन दिँदै हुनुहुन्छ त्यो पदको लागि प्रचलित तलब स्केल कति हुन्छ भन्ने पहिल्यै बुझेर जानुहोस् ।
४. भविष्यको लागि के योजना छ ?
यो प्रश्नबाट उनीहरु २ कुरा जान्न चाहन्छन् । पहिलो, तपाइँ उनीहरुको कम्पनीको लागि सही उम्मेदवार हो वा होइन । दोस्रो, यो जागिरको लागि तपाइँको योजना अल्पकालीन छ कि दीर्घकालीन । यसबाट अगाडि बढ्ने तपाइँको इच्छाशक्ति र जिम्मेवारी लिने प्रवृत्तिको बारेमा थाहा हुन्छ। तपाइँले यसमा उदाहरण दिएर बुझाउनुहोस् कि तपाइ कम्पनीको लागि कसरी उपयोगी हुन सक्नुहुन्न ।
५. तपाइँको सबैभन्दा ठूलो कमजोरी के हो ?
– उनीहरु जान्न चाहन्छन् कि तपाइँ आफ्नो कमजोरीप्रति कति सहज हुनुहुन्छ । जवाफ दिँदा ध्यान राख्नुहोस् कि कमजोरी सबैमा हुन्छन्। जरुरतभन्दा बढी परफेक्ट छु भनेर देखाउन नखोज्नुहोस् । आफ्ना कमजोरीको रुपमा बताउँदै यो पनि बताउनुहोस् कि ती कमीहरु सुधार गर्नको लागि तपाइ कति गम्भीर प्रयास गर्दै हुनुहुन्छ।