पत्रिकामा विज्ञापन निकालेर मागियो २५ वर्षकी सुन्दरी युवती, कारण छ चकित पार्ने
आजको खबर | प्रकाशित : २०७५ साउन २१ गते १३:०८

एजेन्सी। के तपाइँको उमेर २५ देखि ४० को बीचमा छ? तपाइँ सुन्दर देखिने स्मार्ट युवती हुनुहुन्छ? र तपाइँ जागिरको खोजिमा हुनुहुन्छ? यदि यी सबै गुण तपाइँमा छ र जागिरको पनि खोजीमा हुनुहुन्छ भने यो समाचार तपाइँकालागि फाइदाजनक छ। हो, भारतको चण्डीगढको एउटा पत्रिकामा यस्तै विज्ञापन प्रकाशित भयो, जुन अहिले सामाजिक संजालमा चर्चाको विषय भएको छ।
सामाजिक संजालमा भाइरल भएको यो विज्ञापनमा लेखिएको छ, ‘मर्निङ वाक गर्नकालागि २५ देखि ४० वर्षसम्मकी सुन्दर युवतीको आवश्यकता छ। विज्ञापनमा यी युवतीले पाउने तलव र समयपनि स्पष्ट रुपमा लेखिएको छ।
विज्ञापनका अगाडि देखिएको छ, ‘मर्निङ वाककालागि २५ देखि ४० वर्षसम्मका युवतीको आवश्यकता छ। मंगलबारदेखि आइतबारसम्म विहान साढे पाँचदेखि सात बजेसम्म। सेक्टर-२७ इलाकामा। तलव दुई देखि तीन हजार रुपैयाँ।’ विज्ञापनमा आफ्नो इमेल आइडी पनि दिइएको छ, जसमा इच्छुक युवतीले आफ्नो बायोडाटा बठाउनुपर्ने हुन्छ।
भारतीय संचारमाध्यमका अनुसार मनिष छिब्बर नामका एक व्यक्तिले विज्ञापनको फोटो आप्नो ट्विटरमा शेयर गरेका छन्। फोटो शेयर गर्दै उनले लेखेका छन्, ‘चण्डीगढले कहिल्यै निरास पार्दैन। यस प्रकारको विज्ञापन तपाइँले अन्त कहाँ हेर्न पाउनुहुन्छ? विहानीको शयरकालागि सुन्दर देखिने स्मार्ट युवती! ट्विटरमा शेयर भएपछि यो विज्ञापन अहिले भाइरल भएको छ। मानिसहरुले यो विज्ञापनलाई लिएर विभिन्न प्रकारका कमेन्ट गर्न थालेका छन्।