१५ वर्षअघि हत्या गरी फरार भएका ३ जना पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते १५:१४

उर्लाबारी । १५ वर्षअघि हत्या गरी फरार भएका ३ जनालाई पहरीले मोरङको बुढीगंगा गाउँपालिकाबाट पक्राउ गरेको छ।

साविकको डंग्राहा गाविस ६ का ६० वर्षीय गारीलाल विश्वासको हत्यामा संलग्न बुढीगंगा गाउँपालिका ७ डंग्राहाका ५१ वर्षीय भवरलाल मण्डल, ४० वर्षीय ईश्वरचन्द गच्छदार र ३८ वर्षीय श्रवण गच्छदारलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता निशान थापाले जानकारी दिए।

विश्वासको २०६० मंसिर ७ गते हत्या भएको थियो। हत्या भएको लामो समय भए पनि घटनामा संलग्नलाई गाउँघरबाटै पक्राउ गर्न प्रहरी सफल भएको थापाले जानकारी दिए। प्रहरीका अनुसार गाउँमा रातको समयमा धान चोरी गर्न आएको भन्दै स्थानीय बासिन्दाले कुटपिट गरेर गारीलालको हत्या गरेका थिए।

घटनामा संलग्न तीनै जनाको नामै किटान गरिएको जाहेरी प्रहरीमा परेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा उनीहरुको संलग्नता देखिएकाले कर्तव्य ज्यान मुद्दा चलाउन आज जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।

२०७५ साउन २१ गते १५:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर