घाइते चौलागाँईको उपचारका लागि दक्षिण कोरियाबाट डेढ लाख सहयोग

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते ०:३६

कोरिया । दुर्घटनामा घाइते भएका शेष बहादुर चौलागाँईको उपचारका लागि दक्षिण कोरियामा रहेका नेपालीले डेढ लाख सहयोग गरेका छन्।

स्थानीयस्तरको सडक निर्माणका क्रममा दुर्घटनामा परी घाइते भएका चौरी देउराली गाउपालिका ६, काभ्रेका शेष बहादुर चौलागाँईको उपचारार्थ दक्षिण कोरियामा रहेका नेपालीहरुले १ लाख ५९ हजार ३ सय ५८ रुपैयाँ आर्थिक सहायता प्रदान गरेका हुन।

हाल धुलिखेल अस्पतालमा उपचार गराइरहेका चौलागाईको परिवारले कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या आएको गुनासो गरेपछि आफुहरुले कोरियामा अभियान चलाएर सहयोग रकम संकलन गरेको ‘कात्तिक देउराली समाज दक्षिण कोरियाका अध्यक्ष रमेश गौतमले जानकारी दिए।

समाजका सचिव राजेन्द्र दुलालले अभियानबाट १ लाख ५९ हजार ३ सय ५८ रुपैयाँ संकलन भएको जानकारी दिदै उक्त संकलित रकम नेपालमा रहेका उक्त समाजका पदाधिकारीहरुले घाइते चौलागाईको परिवारलाई प्रदान गरेको बताए।

संस्थाका वरिष्ठ सल्लाहकार माधव गौतम, कोषाध्यक्ष सुमन गौतम र पूर्वउपाध्यक्ष रविन गौतमले अस्पतालमै पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए।

उक्त समाजले विगतदेखिनै आफ्नो गाँउघरका लागि सामाजिक कार्य र विपतमा गर्दै आएको सहयोगलाई निरन्तरता दिएको उनले बताए। कात्तिक देउराली समाजका वरिष्ठ सल्लाहकार माधव गौतमले भने–‘आगामी दिनमा पनि हामी यस्ता मानवीय सहयोगका अभियान जारी राख्ने छौ।’

२०७५ साउन २२ गते ०:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर