काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते ६:२९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न ३ बजे बस्ने बैठकमा विद्यमान राजनीतिक विषय र पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा पार्टीको विधान संशोधनका लागि मस्यौदा समिति गठन, पार्टीको आन्तरिक संगठन परिचालन, संसदीय सुनुवाइ समितिको निर्णय, केही दिन अघि काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न समय नपाउँदा प्रतिनिधिसभा बैठक बहिष्कारजस्ता विषयमा छलफल हुने बताइएको छ । रासस

२०७५ साउन २२ गते ६:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर