विद्यालय भवन पुनःनिर्माणमा एउटै परिवारबाट तीस लाख सहयोग

आजको खबर   |    प्रकाशित : २०७५ साउन २३ गते १:३०

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा स्थानीयवासीको पहलमा विद्यालय भवन पुनःनिर्माण गरिएको छ ।

विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण जीर्ण बनेको मुक्तिमार्ग मावि यहाँका बासिन्दाले रु ५० लाख सहयोग जुटाएर पुनःनिर्माण गरेका हुन् । उक्त भवन पुनःनिर्माण गर्न एउटै परिवारले रु ३० लाख सहयोग गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रामबहादुर खड्काका अनुसार १२ कोठे भवन पुनःनिर्माणका लागि स्थानीयवासी टीकाबहादुर खड्काको परिवारले रु ३० लाखभन्दा बढी सहयोग गरेको हो । खड्का परिवारले रु ११ लाख २४ हजारमा तीन रोपनी जग्गा खरिद गरी सो विद्यालय व्यवस्थापन समितलाई उपलब्ध गराएका थिए । उक्त भवन पुनःनिर्माणका लागि गाउँपालिकाले रु १० लाख तथा स्थानीयवासी कृष्णप्रसाद बरुवालले रु दुई लाख ५० हजार सहयोग गरेका छन् ।

सहयोग जुटेपछि चार कोठा थप निर्माण गरिएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । विद्यालयका पूर्वविद्यार्थी प्रशान्त मोहन रेग्मीको पहलमा जर्मनीको हिमालयन फ्रेन्डसिभ संस्थाले रु १६ लाख ७७ हजार सहयोग गरेको छ । हाल जापानमा रहनुभएका दधीलाल खड्काले रु ५१ हजार तथा बेल्जियममा रहनुभएका नारायण खड्काले रु ४५ हजार सहयोग गरेका छन् ।

कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा ३२२ विद्यार्थी अध्ययन गरिरहेको प्रधानाध्यापक मेखबहादुर खड्काले बताए ।

२०७५ साउन २३ गते १:३० मा प्रकाशित

FACEBOOK COMMENTS

One thought on “विद्यालय भवन पुनःनिर्माणमा एउटै परिवारबाट तीस लाख सहयोग

  1. You really make it seem so easy with your presentation but
    I find this matter to be actually something that I think I would never understand.
    It seems too complicated and very broad for
    me. I am looking forward for your next post, I’ll try to get the hang of it!

    Also visit my page; 신용카드현금화

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर