१४ फिटको गोहीसँग २१ वर्षीया युवतीले तस्विर, यस्तो छ वास्तविकता

आजको खबर   |    प्रकाशित : २०७५ साउन २३ गते १२:४६

रोचक। मानव श्वभाव व्यक्ति अनुसार फरक हुन्छ। सबै मानिसको स्वभाव एउटै हुन्छ भन्ने छैन र यस्तो देखिएको पनि छैन। अनि सबैको रुची पनि एउटै नहुन सक्छ। यस्तै एउटा युवतीको फरक स्वभाव र रुची देखिएको फोटो तथा भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ।

उच्च शिक्षाको प्रमाणपत्र हातमा परेपछि धेरै जसो युवायुवती आफ्ना साथीभाई तथा परिवारका सदस्यसँग फोटो खिचाएर सामाजिक संजालमा सेयर गर्न चाहान्छन्। तर मकेजी एलेक्सिस नाम गरेकी एक ग्राजुएट युवतीको रुची अहिले सबैको चर्चाको विषय बनेको छ।

मकेजीले वाइल्डलाइफ एण्ड फिशरीज साइन्समा ग्राजुएशन सकाएकी छन्। ग्राजुएशनको प्रमाणपत्र हातमा परेपछि उनी १४ फीट लामो गोहीलाई भेट्न गइन र गोहीसंग तस्विर खिचाएर सामाजिक संजालमा सेयर गरिन।

सामाजिक संजाल प्रयोग कर्ताहरुले उनको तस्विर तथा भिडियोलाई खुबै मनपराएका छन्। २१ वर्षकी मकजी टेक्सलाई आफ्नो सबै भन्दा मिल्ने साथी मान्छिन्। उनले टेक्ससस्थित ब्यूमेन्ट रेस्क्यू सेन्टरमा इन्टरनशिप गरेकी छन् जहाँ गोही लगायत खतरनाक जीवहरु राखिएको छ।

मकेजी भन्छिन् ९ नाम काढेर बोलायो भने टेक्सले जबाफ फर्काउँछ। मैले हाथ मिलाए भने पनि यसले प्रतिक्रिया दिन्छ। सेन्टरमा यो मेरो सबै भन्दा प्रीय साथी हो। उनी भन्छिन्९ इनटर्नशीप गर्दैगर्दा म टेक्सलाई खाना खुवाउन जान्छु। यति मात्र होइन बाल्यअवस्था देखि नै म सर्प तथा अन्य जनावर समात्ने गर्दै आइरहेको छु। म मानिसहरुलाई जानकारी गराउन चाहन्छु कि हामी यी जनावरहरुलाई घरमा राख्नै चाहँदै नौ। हामी यसलाई हिलोमा छोडि दिन्छौ।

जहिलेबाट टेक्स यो सेन्टरमा आएको छ मैले उसबाट धेरै कुरा सिकेको छु। यो अति प्रिय प्राणी हो। सबै गोही नरभछी हुँदैन।

२०७५ साउन २३ गते १२:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर