मानिसहरुसँग किस गर्न अपील गर्ने मूर्ती

आजको खबर   |    प्रकाशित : २०७५ साउन २४ गते २:४२

एजेन्सी। स्पेनको उत्तर पश्चिम क्षेत्रको एक चर्चबाट अचम्म पार्ने समाचार सार्वजनिक भएको छ। यहाँ १२ औं शताब्दीमा निर्मित भएक चर्चमा एउटा मूर्ती छ, जसले मानिससँग किस गर्न भन्छ। उक्त मूर्ती चर्चमा आउने मानिससँग किसको अपिल गर्छ। यो मूर्ती यति चर्चित छ की अहिले विश्वभरका संचारमाध्यमको ध्यान उक्त मूर्तीमाथि नै छ।

तपाइँले सोचिरहनु भएको होाल निर्जिव मूर्तीले कसरी किस गर्न भन्न सक्छरु १२ औं शताब्दीमा बनेको यो चर्चमा राखिएको मूर्ती हेर्न यहाँ धेरै किसिमका मानिसहरु आउने गर्छन्। चर्चमा आउने कुनै व्यक्तिले चर्चमा राखिएको मूर्तीको अगाडिको भागमा बिरालोको आकृति बनाएर मूर्तीमाथि ‘किस’ लेखिदिएका थिए।

मूर्तीमाथि विरालोको आकृति बनाउने व्यक्तिले निलो रङको पेन्टले मूर्तीमा पोतिदिए। त्यसपछि ती व्यक्तिलाई खोज्न प्रहरी सक्रिय भयो। प्रहरीले ती व्यक्तिमाथि १ करोड १९ लाख रुपैयाँको जरीवाना तोकेको छ।

अब ती व्यक्ति फेला परेभने उनले १ करोड १९ लाख रुपैयाँ जरीवाना तिर्नुपर्ने हुन्छ। ती व्यक्तिले ऐतिहासिक धरोहरमाथि खेलवाल गरेको भन्दै प्रहरीले ती व्यक्तिमाथि ठूलो जरीवाना तोकेको हो।

२०७५ साउन २४ गते २:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर