३५ वर्षदेखि सडकमा भिख माग्थे यी व्यक्ति यसरी बने एकाएक स्टार

आजको खबर   |    प्रकाशित : २०७५ साउन २४ गते १२:४२

एजेन्सी। ब्राजिलको सडकमा भिख मागेर गुजारा गर्ने एक व्यक्ति अचानक स्टार बने । राइमुंडो अरुडो नामका ती व्यक्ति ३५ वर्षदेखि सडक किनारमा बसेर भिख माग्थे।

नजिकैको एक घरमा बस्ने महिला सधैं उनको अगाडिबाट हिँड्थिन्। एक दिन महिलाले ख्यान गरिन् कि ती भिखारी सधैं केही न केही रद्दी कागजमा लेखिरहेका हुन्थे। एक दिन महिलाले सोधिन् कि उनी दिनहुँ के लेख्छन् । त्यसपछि भने ती भिखारीको जिन्दगी नै बदलियो।

शाला मोन्टिएरो नामकी ती महिलाले उनले के गर्छन् भनेर सोध्दा राइमुण्डो केही बोलेनन् बरु एउटा कागज दिए । महिलले जब त्यसलाई त्यसपछि बल्ल थाहा भयो त्यो निकै आकर्षक कविता थियो । शालाले बुझिन् कि यी व्यक्ति वर्षौंदेखि सडक किनारा बसेर कविता लेख्थे।

शाला लगातार कैयौं दिनसम्म उनलाई भेटिरहिन्। हरेक पटक ती भिखारी शालालाई नयाँ कविता लेखेर दिन्थे । यसबाट प्रभावित भएर शालाले एक कविता फेसबुकमा शेयर गरिन्। त्यो कविता निकै भाइरल भयो । मानिसहरुले पत्याउनै सकेनन् कि एक भिखारी यति राम्रो कविता लेख्न सक्छन् । शालाले कविता लेखिएको कागजको फोटो खिचेर त्यो पनि शेयर गरिन्।

शालाले राइमुण्डोको नामबाट एउटा फेसबुक पेज बनाएर जो कविता शेयर गरेकी थिइन् तिनीहरु एकदमै लोकप्रिय भए । हेर्दाहेर्दै राइमुण्डोका फ्यान बढ्न थाले । अहिले राइमुण्डोको फेसबुकमा फलोअरको संख्या २ लाख पुग्न लागेको छ । राइमुण्डो चर्चित भएपछि मानिसहरु उनलाई भेट्न जान थाले । उनको फेसबुक पेज बनाउने महिलाले उनलाई नुहाइदिइन्, कपाल, दाह्री काटिदिइन् ।

उनको नयाँ रुप देखेर उनलाई चिन्न मुस्किल थियो तर नयाँ लुकको फोटो फेसबुकमा देखेर उनका भाइले उनलाई चिने । त्यसपछि थाहा भयो कि राइमुण्डो एक व्यापारी थिए जो सैनिक तानाशाही शासनका बेला परिवारबाट बिछोडिएका थिए । त्यसपछि पैसाको अभावमा उनको यो हाल भएको थियो ।

२०७५ साउन २४ गते १२:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर