बरिष्ठ साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधीको निधन

आजको खबर   |    प्रकाशित : २०७५ साउन २५ गते १५:११

काठमाडौँ । बरिष्ठ साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधीको निधन भएको छ । गम्भिर बिरामी भएर अपचारतरत उहाँको काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो। २०५७ सालमा मृगौला फेल भएपछि डायलासिस गर्दै आएका दाहाल २ दिन अघि मात्रै गम्भीर बिरामी परेका थिए ।

बुधबार डायलासिस गर्ने क्रममा अचेत भएपछि दाहाललाई आईसीयूमा भर्ना गरिएको थियो। दाहालको टाउकोमा रगत जमेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । बुधबार बिहान खाना खाएको थाल धारामा राखेर फर्कने क्रममा दाहाल लडेका थिए।

दुवै मिर्गौलाले काम नगरेपछि दाहालले २०५७ सालको फागुनमा मिर्गौला प्रत्यारोपण गरेका थिए । तर ,फेरेको मिर्गौलाले पनि काम नगरेपछि २०६८ साउन २२ गतेपछि दाहालले हप्तामा तीन दिन डायलासिस गराउँदै आएका थिए।

२०७५ साउन २५ गते १५:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर