पोल्याण्ड पठाइदिन्छु भन्दै ठग्ने २ जना युक्रेनी नागरिक पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते १४:५४

काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भन्दै ठग्ने २ जना युक्रेनी नागरिक पक्राउ परेका छन्।

वैदेशिक रोजगारमा पोल्याण्ड पठाईदिन्छु भनि रकम लिई ठगी गरेको अभियोगमा युक्रेनी नागरिक २६ बर्षीय BITALI BILYA र २३ वर्षीया NATALIIA MELNYCHUK लाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले काठमाडौं पुतलीसडकमा ‘पिपुल वर्क ग्रुप’ नामको कार्यालय सञ्चालन गरी पोल्याण्डमा सजिलै रोजगारमा जान सकिने, मासिक ९० हजार देखि १ लाख रुपैयाँसम्म तलबको साथै अन्य सुबिधा समेत रहेको भनि प्रलोभन देखाई पीडितहरुलाई ७ लाख ५० हजार रुपैयाँ लाग्छ भन्दै प्रोसेसिङको लागि प्रतिव्यक्ति १ लाख ८० हजार रुपैयाँ देखि २ लाख रुपैयाँसम्म रकम संकलन गर्ने गरेको भन्ने पीडितहरुको निवेदनको आधारमा महानगरीय प्रहरी महाशाखाको प्रहरीले उनीहरुलाई उक्त कार्यालयबाट नियन्त्रणमा लिएको हो।

उनीहरुबाट विभिन्न कम्पनीका ल्यापटप १० थान, विभिन्न कम्पनीको मोबाईल ७ थान, राहदानी २ थान, विभिन्न छापहरु ३ थान, स्क्यानर १ थान, ल्यापटप चार्जरहरु र विभिन्न कागजपत्रहरु समेत प्रहरीले बरामद गरेको छ।

पक्राउ दुबै जनालाई ठगी मुद्दामा थप अनुसन्धान एवं कारवाहीको लागि महाशाखाले बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ।

२०७५ साउन ३१ गते १४:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर