मानव तस्करको अड्डा बन्दै नयाँ दिल्ली (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २ गते १४:२९

भरत पौडेल
नयाँ दिल्ली, भारत । राजधानी दिल्ली नेपाली चेलीबेटी बेचबिखन, बाल शोषण र देह व्यापार जस्ता क्रियाकलापका लागि दलालहरूको स्वर्ग जस्तै मानिएको छ।

यतिखेर भारत प्रवासमा नेपालीहरुले धेरै समस्या भोगी रहनु परेको छ। यहाँ मानव बेचबिखन, देह व्यापार मात्र होईन दलालहरु मानव अंग समेत तस्करी गर्दछन्।

यी घटनाहरू सामान्य जस्तै छन् राजधानी दिल्लीमा। तर पछिल्लो समयमा यस किसिमका घटनाहरूमा नेपालीहरुको नाम समेत संग्लन भएको देखिन्छ जसले गर्दा प्रवासी नेपालीको नाममा धब्बा लागि सकेको छ।

राजधानी दिल्लीमा हालै भएको हाई प्रोफाइल घटना जसको पहिलो चरणमा १६ जना र दोस्रो चरणमा ३९ जना नेपाली चेलीको उद्धार भएको थियो। यो घटना अन्तर्राष्ट्रिय स्तरसम्म भाईरल नै भएको थियो।

यस घटनाको उद्धारमा दिल्ली पुलिस, दिल्ली महिला आयोग, क्राईम ब्रांच, नेपाली राजदुतावास र के.आई. नेपाल सामाजिक संस्थाको महत्वपूर्ण योगदान रहेको हो।

भारतमा नेपाली चेली वर्षोदेखि बेचिरहेका छन् र प्रत्येक दिन हामीले उद्धार भएको समाचार पाउनु सामान्य जस्तै भएको छ। तर हालै भएको उद्धार कार्यलाई संकास्पद दृष्टिले हेरिएको छ।

यस मिसनलाई उद्धार गर्नुका साथै भारतीय मिडिया, संघ संस्था साथै नेपाली मिडियाले पनि खबरलाई तोड मोड गरी आधी–अधुरो प्रचार प्रसार गरेको देखिएको छ।

भारत प्रवासमा करिव ४० लाख बराबर नेपाली बसोबास गर्छन् र यस घटनालाई जसरी विश्वभरि नकारात्मक तरिकाले प्रदर्शित गरिएको छ यसले गर्दा नेपालीको मान सम्मानमा चोट पर्नु स्वभाविक नै हो।

वैदेशिक रोजगारमा अवैध तरिकाले जाना लागेका नेपाली महिलाहरुलाई राजधानी दिल्लीबाट उद्धार गरिएको थियो तर भारतीय मिडिया र संघ सस्थाहरुले नेपाली चेली देह व्यापारमा जाना लागेको जस्ता गलत आरोपका साथ झुटा समाचार सम्प्रेषण गरेका छन्।

यसै घटनाले गर्दा प्रवासी नेपालीका मनमा उठेका प्रश्नहरुलाई पूर्णविराम लगाउनको लागि डिसी नेपाल मिडिया भारत प्रतिनिधि भरत पौडेलले के.आई. नेपाल भारत प्रतिनिधि नवीन जोशीसंग गरेको कुराकानी मार्फत जोशीले आफ्नो र के.आई. नेपालको पक्ष राखेका छन्।

पहिलो प्रश्न : हालै गरिएको उद्धार कार्यलाई संघ सस्थाहरुले आफ्नो संस्थाको प्रचार तथा व्यक्तिगत प्रचारमा गरेको भन्दैछन, सामाजिक संघ संस्थाको कार्य भनेको नै समाजमा भएको विकृति, बिसंगति र सामाजिक समस्याको समाधान गर्नु हो तर हालै भएको घटनालाई विश्वभरी प्रचार प्रसार गरियो जून काम भन्दा नामको प्रचार अधिक भयो के यो उचित थियो त?

नवीन जोशी : भारत प्रवासमा नेपाली चेली बेचबिखनमा भारतीय मात्रै होइन नेपालीहरुको पनि भूमिका रहको छ। के.आई. नेपालले बिगत एक वर्षमा दिल्लीबाट दलाल, मानव तस्करहरुलाई दरो प्रहार गरेको छ, उनको रोजी रोटी बन्द भएको छ।

जसले गर्दा उनलाई पेट दुख्नु र मेरो कार्यबाट समस्या हुनु स्वभाभिक हो। भारतमा के.आई. नेपालको दिशा निर्देशनमा मैले कार्य गरी रहेको छु। के.आई. नेपालको बैंक सपोर्टले गर्दा हामीले यस उद्धार मिसनमा सफलता मिलेको हो।

यो उद्धार कार्य मैले व्यक्तिगत गरेको होइन, के. आइ. नेपालको दिशा निर्देशनमा, अन्तर्राष्ट्रिय कानुनको पालन गरी अन्जान दिएको हो।

यसमा कुनै व्यक्तिगत प्रचार भएको छैन, नेपाली जनताहरुलाई जागरुक गर्नको निम्ति संस्थाद्वारा जनचेतना मूलक सन्देश दिएको मात्र हो।

दोश्रो प्रश्न : वैदेशीक रोजगारीमा अवैध तरिकाले जना लागेका नेपाली महिलाहरुलाई राजधानी दिल्लीबाट उद्धार गरिएको थियो तर भारतीय मिडियाका साथै संघ सस्थाहरुले नेपाली चेली देह–व्यापारमा जाना लागेको आरोप लगाएका छन् के यो सही हो त ?

नवीन जोशी : देह व्यापार खबर झुटो हो। अहिलेसम्म हामीले देह व्यापारमा जान लागे भनेर कसैलाई पनि फेला परेका छैनौं। कुनै पनि नेपाली चेलीको यसमा संलग्नता पाइएको छैन। चेलीहरु वैदेशिक रोजगारीको सिलसिलामा अवैध तरिकाले चोरी बाटो र जून देशमा नेपाल सरकारको एमओयू छैन।

सरकारले नेपाली नागरिकको हक हितलाई सुरक्षा दिन सक्दैन त्यहाँ दलालहरुले चेलीहरुको भविष्यका साथ खेलवाड गरी अवैध तरिकाबाट पठाउने प्रक्रियालाई के.आई नेपालले प्रहार गरेको हो।

प्रश्न : कानूनी प्रक्रियाबाट अथवा अवैध, नेपालबाट गोल्फमा रोजगारीका लागि १ लाखदेखि २ लाखसम्म तिर्नुपर्छ। हालै भएको रेस्क्यूमा ५५ जना नेपाली चेलीको उद्धार भएको हो। जसमा लगभग १ करोड भन्दा बढी रकम फसेको छ, यो रकम दलालबाट कसरी रिकभरी हुन्छ त ?

चेलीहरुको घरको आर्थिक अवस्था पतन भएको छ। सरकार अथवा सामाजिक संस्थाहरूको चेलीहरुका लागि मास्टर प्लान के छ त? चेलीहरुले फेरी अर्को दलालको साथ खोजदैन् भन्ने के ग्यारेंटी अनि त्यो फसेको रकमको जिम्मेबार को हुन्छ त?

२०७५ भदौ २ गते १४:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर