इद मनाउने क्रममा झडप, दुई राउण्ड अश्रुँग्यास प्रहार

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ६ गते ५:४६

महोत्तरी । महोत्तरी जिल्लामा नमाज वाचनका लागि मस्जिदमा भेला भएका मुस्लिम धर्मालम्बीबीच झडप भएको छ ।

बुधबार बिहान झडप हुँदा १० जना घाइते भएका छन् । लोहारपट्टी नगरपािलका–३, महदैयाचोकमा रहेको मस्जिदमा इमान चढाउने विषयमा विवाद हुँदा झडप भएको हो ।

अवस्था तनावग्रस्त भएपछि प्रहरीले दुई राउण्ड अश्रुँग्यास प्रहार गरेको छ । प्रहरीले विवाद मिलाउन सम्झाईबुझाई गर्दा पनि नमानेकाले दुई राउण्ड अश्रुँग्यास प्रहार गर्नु परेको बताएको छ । अहिले स्थिति सामान्य बनेको प्रहरीले जनाएको छ ।

२०७५ भदौ ६ गते ५:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर