आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १७ गते ५:०३

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार (आज) देशभरका सबै अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरेको छ ।

संघले सरकारले मुलुकी अपराध संहिता २०७४ को ‘इलाजसम्बन्धी कसुर’ सच्याउने प्रतिबद्धता पूरा नगरेको भन्दै शनिबार विज्ञप्ती जारी गर्दै आन्दोलनका पाँच बुँदे कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत आइतबार (आज) १ दिनका लागि सांकेतिक हड्तालस्वरुप देशैभरीका अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

आज १ दिनका लागि सांकेतिक हड्तालस्वरुप देशैभरीका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बन्द गरेर काठमाडौं उपत्यकाको हकमा दिउसो १२ बजे माइतीघर मण्डलामा तथा शाखाहरुको हकमा सम्बन्धित जिल्लाको प्रशासन कार्यालयमा एप्रोनसहित विरोध गर्ने कार्यक्रम तय भएको महासचिव डा. लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् ।

हेर्नुहोस् विज्ञप्ति

२०७५ भदौ १७ गते ५:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर