यातायात मजदुरको आन्दोलन फिर्ता, सार्वजनिक यातायात आजैदेखि सुचारु

आजको खबर   |    प्रकाशित : २०७५ असोज ५ गते ११:१०

काठमाडौं। मुलुकी देवानी संहितामा संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका यातायात व्यवसायी तथा यातायात मजदुरहरुको आन्दोलन आजदेखि फिर्ता भएको छ । व्यजसायीको हडतालका कारण बन्द रहेका सार्वजनिक यातायात आजैदेखि सुचारु हुने भएका छन् । दशैंको मुखमा यातायात व्यवसायीको हडतालका कारण ठूलो संख्यामा यात्रुहरु समस्यामा परेका थिए ।

आज सरकारसँग भएको वार्तामा सरकार मुलुकी देवानी संहिता संशोधन गर्न तयार भएको हो आजको वार्तामा दुवै पक्षबीच ८ बुँदे सहमति भएको बताइएको छ । सहमतिमध्ये मुख्य सहमति भने मुलुकी देवानी संहिताको संशोधन नै हो । सरकारले कानुन संशोधनको सहमति गरेसँगै व्यवसायीले हडताल फिर्ता गरेका हुन् । सहमतिले दशैंमा घर जाने यात्रुहरुले ठूलो राहतको महसुस गरेका छन् ।

२०७५ असोज ५ गते ११:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर