विद्यालयबाट घर फर्कंदै गर्दा खोलाले बगाएर विद्यार्थीको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ असोज ११ गते ०:५७

सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका–१ ढुङ्ग्रेमा खोलाले बगाएर एक विद्यार्थीको मृत्यु भएको छ ।

मङ्गलबार बेलुका विद्यालय छुट्टी भएर घर फर्कंदै गर्दा खोलाले बगाएर पुष्पराज राईको मृत्यु भएको चिचिला प्रहरी चौकीले जनाएको छ ।

शिला आधारभूत विद्यालय कक्षा ४ मा पढ्ने राई विद्यालयबाट घर नआएपछि मङ्गलबार नै खोजी गरिएको थियो ।

उनको शव बुधबार बिहान मात्र भेटिएको प्रहरीले जनाएको छ । १३ वर्षीय राईको शवपरीक्षणका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख श्यामसारु मगरले जानकारी दिए।रासस

२०७५ असोज ११ गते ०:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर