इण्डोनेशियामा भूकम्पपछि आएको सुनामीले मच्चाएको वितण्डा (हेर्नुहोस् ११ तस्बिरमा)

आजको खबर   |    प्रकाशित : २०७५ असोज १७ गते ३:४४

बीबीसी। इण्डोनेशियामा शुक्रबार गएको शक्तिशाली भूकम्प र सुनामीमा अहिलेसम्म १३०० जनाको मृत्यु भइसकेको छ। अधिकारीले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। यो त्रासदीको पाँच दिनपछि सबैभन्दा प्रभावित सहर पालूबाट केही तस्वीर सार्वजनिक भएका छन्। ती तस्वीरले त्यहाँ आएको सुनामीले मच्चाएको वितण्डालाई बयान गर्छन्।

अन्तर्राष्ट्रिय संस्था रेडक्रसका अनुसार यो विपदबाट करिव १६ लाख मानिस प्रभावित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार त्यहाँ दुई लाख मानिसलाई तत्काल सहयोगको आवश्यकता छ।

जतिबेला भूकम्पको झड्का आयो, त्यतिबेला कयौं मानिस समुन्द्रमा एक चाड मनाउने तयारी गरिरहेका थिए। अहिले पालू सहरका आसपासका पोटोबो जस्ता इलाका पूरै हिलोले पुरेको छ।

एक अनुमानका अनुसार बालारोआमा करिव १७०० घर र पेटोबोमा हजारौं घर ध्वस्त भएका छन्। त्यसबाहेक क्रिस्चन स्टडी समूहका ३० बालबालिकाको पनि मृत्यु भएको छ।

पालू सहरको पश्चिमी भागलाई पूर्वी भागसँग जोड्ने १२६ मिटर लामो जिमालम पुल पूरै ध्वस्त भएको छ। यो पुलको प्रयोग करिव ३ लाख ५० हजार मानिसले गर्थे।

सुनामीले पालू सहर नराम्रोसँग प्रभावित भएको छ। यहाँ पानी, विजुली र खानाको ठूलो समस्या छ।

धेरै जसो मृतकलाई सामुहिक चिहान बनाएर अन्तेष्टि गरिएको छ। तर कयौं शव कहिले पनि जमिन मुनी पुरिएको हुन सक्ने आशंका गरिएको छ। इण्डोनेशियाली सेनाले विमानस्थलमा कमाण्ड सम्हालेको छ।

२०७५ असोज १७ गते ३:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर