युएईमा जेल पर्ने नेपालीको संख्या बढ्दो, २ सय ७ जना नेपाली जेल जीवन बिताउँदै

आजको खबर   |    प्रकाशित : २०७५ पुष ५ गते ११:५७

युएई- विभिन्न कारणले गर्दा अहिले युएईको जेलहरुमा जेल पर्ने नेपालीको संख्या बढ्दो क्रममा छ । युएईमा जेल जीवन बिताइरहेका २ सय ७ जना नेपाली मध्ये १५५ जना रक्सीको कारणले जेल परेको युएई स्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासले युएईको दुवई,सारजाह,उम्म्लक्विन,फुजेरा,रसअलखेमा,र अलऐनमा रहेका जेलमा पुगेर स्थानीय प्रशासनका अधिकारीहरुसंग नेपाली कामदारको अवस्था र मुद्दाको अध्ययन गर्दा यस्तो प्रतिवेदन आएको जनाएको छ।

जेल जीवन बिताइरहेका नेपाली मध्ये धेरै जना रक्सी पिएर झगडा गरेका कारण जेलमा परेका हुन् । झगडासँगै रक्सी सेवन गरेको वेलामा गाडी चलाउने र चलाएको गाडीले सार्वजनिक ठाउँ लगायत अन्य व्यक्तिहरुलाई क्षती पुगेका कारण उनीहरु जेल पुगेका प्रतिवेदनमा उल्लेख छ।

त्यसमध्ये कोही नेपाल बाट गाँजा ,भाङ, धतुरो र चरेस विभिन्न तरिकाले लुकाएर ल्याउने क्रममा पक्राउ परेका हुन् । त्यस्तै कतिपय विदाको दिनमा गार्डेन तथा समुन्द्रको किनारमा पेप्सी ,कोकाकोलासंग मिसावट गरेर पिउने क्रममा प्रक्राउ परेका थिए।

२०७५ पुष ५ गते ११:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर