साफ यु–१८ महिला च्याम्पियनसिप : दोस्रो हाफको खेल शुरु, भारतविरुद्ध नेपाल १-० को अग्रता

आजको खबर   |    प्रकाशित : २०७५ असोज १९ गते ११:०२

काठमाडौं । भुटानको राजधानी थिम्पुमा भइरहेको यु १८ साफ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलमा नेपाल र भारतबीच अहिले खेल जारी छ ।

खेलको दोस्रो हाफमा शुरु भएको छ । नेपालले पहिलो हाफमा एक गोलको अग्रता लिएको छ । खेलको १५औं मिनेटमा नेपालकी रश्मीकुमारी घिसिंगले गोल गरेकी हुन् ।

खेलमा नेपालले भारतमाथि निकै दबाब कायम गरेको थियो । नेपाली चेलीहरुले भारतको पोस्टमा दर्जनौ पटक आक्रमण गरेका थिए । भने भारतीयहरुले नेपाली पोस्टमा निकै कम आक्रमण गरे ।

यो खेल जित्ने टिमले शुक्रबारै हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्ने छ । अर्को सेमिफाइनलमा बंगलादेश र घरेलु टिम भुटान भिड्नेछन् ।

२०७५ असोज १९ गते ११:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर