गजल-‘यता मलाई तड्पाएर, माया चाट्थ्यौ भने अन्तै’-तिलख जोशी
आजको खबर | प्रकाशित : २०७५ असोज २४ गते ७:१७
नलाएकै भए हुन्थ्यो, माया साँट्थ्यौ भने अन्तै
यता धोका दिई, झुक्याएर आट्थ्यौ भने अन्तै।
जति बिश्वास गरेपनि, छर्लंग भो नाटक आज
यता मलाई तड्पाएर, माया चाट्थ्यौ भने अन्तै।
गोठालो लाग्न सक्दिन, व्यवहार आफैं बोल्छ
झुक्यार मलाई, लोलाबोला माड्थ्यौ भने अन्तै।
बिश्वासको आधार रहेन, बोली फेर्ने बानी तिम्रो
गाँस्दैनथे माया रंग फेर्नेसंग, साथ्र्यौ भने अन्तै।
राम्रो सोच्दा मैले, नराम्रो देख्ने बारवाली तिमी
पहिले भन्नू पिरतीको, डोरी बाट्थ्यौ भने अन्तै।
तिलख जोशी
अनामनगर, काठमाडौं
२०७५ असोज २४ गते ७:१७ मा प्रकाशित