यस्तो अवस्थामा देखिएका छन् विप्लव, भूमिगत अवस्थामै भयानक योजना बुन्दै

आजको खबर   |    प्रकाशित : २०७५ असोज २५ गते ०:३१

काठमाडौँ । पछिल्लो समय भूमिगत रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवको एउटा फोटो सार्वजनिक भएको छ। भोजपुर जिल्ला अदालतले वारेन्ट जारी गरेपछि भूमिगत रहेका विप्लव पछिल्लो एउटा फोटोमा देखिएका हुन्।

फोटोमा उनी जगंलमा रहेको जस्तो देखाइएको छ। जहाँ विप्लव सँग उनका केहि सहयोगि रहेको तस्वीरमा देख्न सकिन्छ। माओवादीद्धन्द्धकालमा जस्तै प्रचण्ड बाबुराम भुमिगत छँदा जुन अवस्था देखिन्थे तस्वीरमा त्यस्तै देखिन्छ।

आफुलाई चाहिने आवश्यक सामग्री उनले साथमै बोकेर हिँडेका छन्। उनको खोजिको लागि पछिल्लो समय प्रहरीले सक्रियता बढाएको थियो । तर फेला पार्न सकेको छैन्।

सरकारले वार्ता गर्नको लागि भनेर गिरफ्तार परेका नेताकार्यकर्तालाई रिहा गर्ने नीति लिएपछि विप्लवको पछिल्लो फोटो सार्वजनिक भएको हो। राज्य अलि खुकुलो भएपछि विप्लव पनि विस्तारै सार्वजनिक कार्यक्रममा देखिने अपेक्षा गरिएको छ ।

केही समय अघि विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्क प्रसाद विश्वकर्मा पक्राउ परेका थिए। वार्ताकै लागि उक्त पार्टीमाथि सरकार लचिलो देखिएको हो। भूमिगत अवस्थामै रहेका विप्लवको फोटो मात्रै सार्वजनिक हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

२०७५ असोज २५ गते ०:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर