काठमाडौँको भैंसेपाटी भञ्ज्याँगमा पानी ट्याङ्कर पल्टियो

आजको खबर   |    प्रकाशित : २०७५ असोज २७ गते १५:०९

काठमाडौँ । काठमाडौँको भैंसेपाटी भञ्ज्याँगमा एउटा पानी ट्याङ्कर फिल्मी शैलीमा दुर्घटना भएको छ। पानी बोकेर आईरहेको ट्रक उकालो चढ्न नसकेपछि पछाडिपट्टि रहेको बिजुलीको पोलमा ठोक्किएर पल्टिएको हो। ट्याङकर सडकमा लडेसँगै अहिले भैंसेपाटी क्षेत्रमा बिजुली ठप्प भएको छ।

सडकमै लडेको ट्रक बिजुलीको पोलमा नठोक्किएको भए सिधै चोकमा बसिरहेका मानिसको ठुलो समुहमा खस्ने र त्यसबाट हुने ठुलो मानवीय क्षतीबाट हामी बँचेका छौँ स्थानीयले भने।

२०७५ असोज २७ गते १५:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर