कविता-‘गुहार बामदेव गुहार………’-अर्जुनराज पन्त

आजको खबर   |    प्रकाशित : २०७५ असोज ३१ गते २:०६

दशैँ पनि आउन लाग्यो, भोलि होकी पर्शी
अछेता छुने हिम्मत छैन, मार्शी भातले तर्सी।

हेर्दा उस्तै राता राता, न त मिठो खाँदा
अनाहकमै फसियो, यी प्रचण्डेसंग जाँदा।
गुहार बामदेव, गुहार गुहार गुहार, हुगार बामदेव गुहार

सदनमा जाउ भने गगनले थुर्छ
विदेश कतै गए यहाँ डुबान साहित्य फुर्छ

कुन नेपाल हो खै डुब्न लाग्या, दुवै उस्तै देख्छु
यस्तै पारा रह्यो भने खै कति थेग्छु।

छिट्टै आऊ बाम देव, मेरै छेउमा बस
अति भन्छ गगनले यसका पाता कस

झले, कले, मधबेले मेरो खेदो खने
बिपक्षीका नेताले झैँ सदनैमा भने

निर्मलाको आत्माले भगाई दियो निद्रा
कस्तो साहित् पार्या रैछु, बालुवाटार छिर्दा

बेकम्मा भो आज मेरो अरिन्गले टोली
रानो बिहिन मौरी भाछन् हेर आज भोली
गुहार बामदेव………….

मार्शी काण्ड सुन काण्ड, बलत्कारी केस
तिमी बिना खै कसरी चलाउ यो देश

दुर्इ तिहाईको बहुमत मलाई भयो आज घाँडो
लौन बामदेव फुटाउँ यसलाई, जतिसक्दो चाँडो
गुहार बामदेब गुहार………………

तिमले मात्रै हुन्छ भन, मैले जे नि गर्छु
एक ठाउँ खाली गरिसके अर्को पनि गर्छु

तिम्रो जान्न मेरो जान्न, जनताको कर
आए बाउको गए साउको हाम्लाई के को डर
गुहार बामदेव………………………..

मुख देखाउन नि लाजै भयो, एसपीको डिएनए गर्दा
आज मेरो यो गतिभो, यिनका भर पर्दा

कसलाई जोगाउँ कसलाई फसाउँ, मैले मेसै पाइन
तिमी नभई समस्याको समाधान नै छैन।
गुहार बामदेव…………………………

भन्लान् जस्तो लाग्न लाग्यो मेरै डिएनए गरौं
सबै अटेरी सबै भ्रष्ट कसका भर परौं

दुर्इ तिहाईको बहुमतले नी खै त के नै पाए
अमेरिका जाँदा समेत काला झन्डा खाए

सालो केटो मायरले नि डुबाउनसम्म डुबायो
मैले कला झन्डा खाँदा उसले स्वास्नी घुमायो

बालुवाटारमै कुल पुज्दानी काँध कसैको पाईन
प्रतिपक्ष त हुँदै भए सत्ता पक्ष कै छैन।
गुहार बामदेव……………………

आफ्नो खप्पर फुटेपछि मितको टाउको नि बेल भो
विश्वास पर्दा असतीको आज ठूलो झेल भो

खहरेमा नदि मिल्दा धमिल्लिएर भेल भो
विधिको शासन आज आएर बिना लिकको रेल भो

आउँ बामदेव आऊ आऊ, मलाई मलम लगाउ
जे गर्दा नि छुट छ तिम्लाई, तिम्ले शासन चलाउ

गृह, उप तिम्रै बिर्ता केके खान्छौ भन
छ महिनामै पार्टी फुटाउ अध्यक्ष नि बन…….

अर्जुनराज पन्त
टेकसास अमेरिका

२०७५ असोज ३१ गते २:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर