नराकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु, ४ गम्भीर

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ७ गते १३:४३

जुम्ला । सिंजा गाउँपालिकाको नराकोटमा आज जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

जुम्ला बजारबाट नराकोटसम्म रिजर्भमा गएको भे १ ज ८६५ नंको जीप दुर्घटना हुँदा तिला गाउँपालिका–३ का लाले सार्कीसहित उहाँकी श्रीमती जानकी र आठ महीनाकी छोरी मैनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जीप सडकबाट २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो।

यसैबीच रारादेखि पर्यटक बोकेको ग १ य १०९७ को जीप कनकसुन्दरी गाउँपालिका-६ गोरुचौर नजीकै सडकबाट खस्दा सात यात्रु सामान्य घाइते भएकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

ट्र्याक्टरको ठक्करबाट मृत्यु

उर्लाबारी । मोरङको ग्रामथान गाउँपालिका–४ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

तेतरियाबाट मोतीपुरतर्फ जाँदै गरेको को २ त १५२८ नंको ट्र्याक्टरले आज अपराह्न सोही ठाउँकी ५५ वर्षीया हीरादेवी विश्वासलाई ठक्कर दिँदा नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

२०७५ कार्तिक ७ गते १३:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर