डाटा चोरीको मुद्दाले फेसबुकमा भूकम्प : ७ महिनामा ९ ठूला अधिकारीले छोडे कम्पनी

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ८ गते १३:३२

एजेन्सी । फेसबुकका लागि यो वर्ष त्यती राम्रो रहेन। यो वर्ष फेसबुक थुप्रै विवादमा झेलियो। गोप्य डाटा चोरीको आरोप लागेयता पछिल्लो ७ महिनामा नौँ ठूलो अधिकारीले फेसबुक कम्पनीको साथ छोडेका छन्।

हालै फेसबुकको कम्पनी अक्युलसका को फाउण्डर ब्राइण्डो आइरोनले कम्पनी छोड्ने घोषणा गरेका छन्। अक्युलसले भर्चुअल रियालिटी हेडसेट बनाउने गर्दछ। सन् २०१४ मा फेसबुकले यसलाई करीब १२ हजार एक सय करोडमा खरिद गरेको थियो। ब्राइण्डोले कम्पनीमा भएको मतभेदका कारण कम्पनी छोड्ने घोषणा गरेका हुन्। उनले हालै कम्पनी छोड्नुको कारण बारे स्पष्ट पारेका थिए।

को-को व्यक्तिले छोडे फेसबुक कम्पनी ?

जोन कोम
फेसबुकको बोर्ड मेम्बर तथा व्हाट्सऐपका को फाउण्डर जोन कोमले सन् २०१८ मा टाडा चोरीको कारण कम्पनीबाट अलग भए।

इलियट श्राज
कम्युनिकेशन एण्ड पब्लिक पोलिसीका प्रमुख समेत रहेका इलियट श्राजले जुन २०१८ मा फेसबुक कम्पनीबाट अलग भए।

एलेक्स स्टोमस
फेसबुकका चीफ सक्योरिटी अफिसर समेत रहेका एलेक्स स्टोमसले सन् २०१८ अगस्टमा फेसबुक कम्पनीबाट अगल भए।

डेन रोज
पार्टरसिपका भ्वाइस प्रेसिडेन्ट समेत रहेका डेन रोज पनि अगस्ट २०१८ मा फेसबुकबाट अलग भए।

रशेल भेट्सटोन
फेसबुकको टप कम्युनिकेशन एग्जीक्यूटिभ रहेकी रशेलले पनि अगष्ट २०१८ मा फेसबुकबाट अलग्निे निर्णय गरिन्।

एलेक्स हार्डिम्यान
फेसबुकको न्यूज प्रोडक्ट डेट एलेक्सले पनि अगष्टमा कम्पनीबाट अलग हुने निर्णय गरिन्।

क्याभिन सिस्ट्राम
इंस्टाग्रामका को फाण्डर समेत रहेका क्याभिनले फेसबुकका सिइयो मार्क जुकरबर्गसँग मतभेद हुँदा डिसेम्बर २०१८ मा कम्पनीबाट अलग्निे निर्णय गरेका थिए।

माइक क्रीगर
इंस्टाग्रामका को फाउण्डर माइकले पनि फेसबुकका सिइनो मार्कसँग मतभेद हुँदा डिसेम्बर २०१८ मा फेसबुकबाट अलग हुने घोषणा गरेका थिए।

ब्राइण्डा आइरोन
फेसबुकको कम्पनी अक्युलसका को फाउण्डर ब्राइण्डाले फेसबुक एग्जुक्यूटिभ टिमसँग मतभेद हुँदा अक्टूबर २०१८ मा कम्पनीबाट अगल हुने घोषणा गरेका छन्।

२०७५ कार्तिक ८ गते १३:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर