आज केही स्थानमा हल्का वर्षाको सम्भावना, यस्तो रहेको छ तीन दिनको मौसम
आजको खबर | प्रकाशित : २०७६ असार २१ गते ६:४३

काठमाडौं । आज पश्चिमका धेरै र पूर्व र मध्यका केही भूभागमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको पश्चिमी क्षेत्रका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
महाशाखाले जारी गरेको तीन दिनसम्मको मौसम अनुमान यस्तो छः
असार २१ गते (शनिबार)
दिउँसोः देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली र अन्य भूभागमा सामान्य बदलीको सम्भावना छ। पश्चिमका धेरै र पूर्व र मध्यका केही भूभागमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पश्चिमी भूभागका १/२ स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशभर सामान्य बदली भई केही भू–भागमा हल्का देखि मध्यमसम्म र १–२ स्थानमा भारी वर्षाको सम्भावना छ।
असार २२ गते (आइतबार)
दिउँसोः देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
रातिः देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
असार २३ गते (सोमबार)
दिउँसोः देशभर सामान्य बदली भई केही स्थानहमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
रातिः देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।