तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयरमा ६ अर्ब ७० करोडको आवेदन

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २१ गते १:०८

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर ९आईपीओ० मा ३ लाख ४६ हजार १६६ जनाले आवेदन दिएका छन्।

कम्पनीले आज साँझ उपलब्ध गराएको अन्तिम विवरणअनुसार ६ अर्ब ७० करोड ५८ लाख २८ हजार बराबरको आवेदन परेको छ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार केही आवेदन भने रद्द हुने देखिएको छ। नाम थर स्पष्ट नभएको, हितग्राही खाता भर्न छुटेका तथा ठेगाना स्पष्ट नभएका केही शेयर आवेदन भने रद्द हुनेछ।

कम्पनीले यही कात्तिक १५ गतेदेखि कूल पूँजीको १५ प्रतिशतले हुन आउने १ अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो। यही कात्तिक १९ गतेसम्म देशभरबाट आवेदन सङ्कलन गरेको थियो।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका थिए। शेयर आवेदन गर्ने सबैलाई दश कित्ता न्यूनतम शेयर दिनुपर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनानुसार नै बाँडफाँड हुने अवस्था रहेको छ।

कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो। बढी कित्ता आवेदन गर्नेले न्यूनतम ४५ कित्तासम्म शेयर पाउन सक्ने देखिन्छ। कम्पनीले आगामी २ साताभित्र शेयर बाँडफाँड गर्ने तयारी गरेको छ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ।

२०७५ कार्तिक २१ गते १:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर