फेसबुकले थप्यो नयाँ सुविधा ! अब डेलिभरी भैसकेको मेसेज समेत मेटाउन सकिने

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ३० गते १५:२६

काठमाण्डौ । फेसबूकले नयाँ फिचर थपेको छ । भूलबस कुनै व्यक्तिलाई पठाउन खोजेको सन्देश अर्कैको इनबक्समा सेन्ड हुने, ए उटा मेसेग लेखेको आर्को टाइप भएर गएको हुन्छ । यो समस्याबाट फेसबुकका प्रयोगकर्ताहरु निकै ठूलो समस्यामा थिए ।

तर अब फेसबुकले ल्याएको नयाँ सुविधाले यो समस्याको हल गरेको छ । यसअघि प्राप्त मेसेज डिलिट गर्न सकिएपनि पठाइ सकेको मेसेज आफ्नो इनबक्समा मात्रै डिलिट हुने गर्दथ्यो । अब भने अरुकोमा डेलिभरी भएको सन्देश पनि मेटन सकिने भएको छ ।

यसबाट फेसबुकमार्फत हुने अपराधमा समेत कमी हुने विश्वास लिइएको छ । कतिपय अवस्थामा पुराना मेसेज देखाएर महिला या पुरुषलाई ब्ल्याकमेल गर्ने समस्याबाट पनि यसले मुक्ति दिने छ । अब आफूले कुनै अरुलाई पठाएको मेसेज उसको इनबक्सबाट समेत मेटन सकिने छ ।

फेसबुकले पठाइएको मेसेज डिलिट गर्नका लागि १० मिनेटको समयसीमा तय गरेको छ । यसको अर्थ के हो भने यदि युजरले कसैलाई भूलवस सन्देश पठाएको छ भने यो सन्देश डिलिट गर्नका लागि तपाईलाई दश मिनेटको समय दिइएको हुनेछ । अनसेण्ड फिचरका माध्यमबाट प्रयोगकर्ताले च्याटसँगै पठाएका फोटो र भिडियो पनि डिलिट गर्न सक्नेछन् ।

फेसबुकले अनसेण्ड गरेको मेसेजको कपी केही समयका लागि आफूसँग राख्नेछ । कतै यी मेसेज कसैलाई दुव्र्यवहार गर्न त होइनन भनेर चेक गर्न फेसबुकले केही समय यी मेसेज आफूसँग राख्ने भएको हो ।

दुखको कुरा चाहिँ के छ भने यो सुविधा हालका लागि भने नेपालका लागि खुला गरिएको छैन । अहिले बोलिभिया, पोल्याण्ड, कोलम्बिया र लिथुआनिया जस्ता देशमा यो फिचर दिइएको छ । तर छिट्टै यो फिचर नेपाललगायत विश्वभरी प्रदान गरिने विश्वास भने गर्न सकिन्छ ।

यो फिचरलाई प्रयोग गर्न प्रयोगकर्तालाई आफूले पठाएको मेसेजमा ट्याप गरेर त्यसलाई केही समय होल्ड राख्नुपर्ने हुन्छ । त्यसपछि सबैका लागि हटाउनुस् भन्ने अप्समा क्लिक गरेर त्यो मेसेज हटाउन सकिन्छ ।- एजेन्सीको सहयोगमा

२०७५ कार्तिक ३० गते १५:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर