कविता –‘दुःखी फूल’–मिलन कान्छा किराती

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १ गते ८:२०

पहराबीच सुनगाभा नाच्छ
हिलोबीच कमल बाँच्छ
काँडाबीच गुलाफ हाँस्छ
अभावबीच तिमीले फुल्न बिर्सिदिए
यो वैरागीलाई कसले पिरती गाँस्छ ?

समयको डोबहरूमा
केही प्रेमिल सम्झनाका पाइलाहरू
त्यतिखेरसम्म ज्युँदो हुनेछन्
जतिखेरसम्म तिमीले अरूको शिरमा सजिन
हाँगाबाट चुँडिएर मृत्यु स्वीकार्ने छौ ।

अभावबीच फुल्नु
मृत्युलाई भुल्नु
कुनै संयोग?
कुनै वियोग?
या कुनै कर्तव्य?
आफुलाई यही सम्झ दुःखी फूल

२०७५ मंसिर १ गते ८:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर