एउटा समाजको यथार्थ घटनासहितको गीतिकथा ‘बेसहारा’ सार्वजनिक (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ४ गते ५:१२

काठमाडौं । मुलुकमा गरिबी कारण विभिन्न घटनाहरु घटिरहेका हुन्छन्। त्यही गरिबीभित्र जरो गाडेर बसेको वैदेशिक रोजगारी पछिल्लो समय विकराल बन्दै गएको छ। साहुको ऋण तिर्न नसक्ने, छोराछोरीको लाज ढाक्न नसक्ने, दिनभरि काम गरेर बेलुका छाक टार्ने परिवार मुलुकभित्र अझै धेरै छन्। त्यही घटनाक्रमभित्रको एउटा परिवारको कथालाई गीतिकथाका रुपमा बजारमा ल्याइएको छ ‘बेसहारा’।

बेसहारा गीतिकथा निर्देशक, संगीतकार नारायण रायमाझीको प्रमुख आतिथ्यता बेसहारा गीति गीतिकथाको सार्वजनिक गरिएको थियो । कार्यक्रममा गीतिकथाको भिडियो हेरेर सबैले समाजको यथार्थता भएको बताएका थिए। रायमाझीले एउटा गरिब परिवारले भोगेको कथालाई झलक संगीतम्ले भिडियोमा उतार्न सफल भएको बताएका थिए। बाल गायक सक्सेस पाण्डेको स्वर र बाल कलाकार अभिनित चौलागाईंको अभिनयले आफूलाई छोएको बताएका थिए।

कार्यक्रममा गीतकार संगीतकार नेत्रलाल पाण्डेले भावविह्वल हुँदै आफ्नो वैदेशिक यात्राका दुःख सुनाएका थिए। ‘जीउँदै छँदा आमा बाबाको लागि केही गर्न सके मात्र त्यो सन्तानको कर्तव्य हुनेछ मरेपछि दिएको पिण्डदान पाउँछन् कि पाउँदैनन्’, पाण्डेले भने।
भिडियोमा देशको माटोलाई सुहाउने तथा गाउँ समाजमा घटेका घटनालाई यथार्थ रुपमा उतार्ने मौलिक गीतिकथामा आधारित गीत भने कमै मात्रामा भित्रिने गरेका छन्। हाम्रो देशमा धेरै घटना घटिरहेका छन्।

गरिबी र हाम्रो मुलुकमा मानिसलाई अनेक थरिका बाध्यता हुने गरेको छ। त्यहि गरिबीले गर्दा मानिस बिदेशिन बाध्य भएका छन्। त्यहि गरिबीको कारण ज्यान समेत जाने गरेको छ। यदि गरिबी हुन्थेन भने साहुसँग ऋण लिएर विदेश जान कसैलाई पर्दैन थियो। विदेश जान बाध्य भएपनि कतिपय दलाल हरुले बिचमै पैसा खाएर फसाउने र गरिबलाई धम्कि दिँदै विभिन्न यातना भोग्न बाध्य धेरै मानिस छन्। यस्तै घटना र विषयवस्तुलाई गीत मार्फत उतार्ने कलाकार बिरलै यस नेपाली सांगीतिक क्षेत्रमा भेटिन्छ।

झलक संगीतम कै सभापतित्व रहेको सोही कार्यक्रममा विभिन्न मिडियाका पत्रकार हरुको पनी बाक्लो उपस्थिति रहेको थियो। दर्जनौं पत्रकार, सम्पूर्ण अतिथिहरु र सोही गीतका कलाकारहरुबीच गीतको भिडियो हेर्दा धेरैको आँखाबाट आँशु समेत रसाएका थिए। सोही गीत साचिकै गीत मात्रै नभएर एउटा छुट्टै खालको देशमा अहिले घटिरहेका घटनालाई भिडियोको कथामा प्रष्ट पारिएको छ।
गीतिकथामा झलक संगीतमको एरेन्ज, निर्देशन तथा कथा परिकल्पना रहेको छ।

नन्दा बस्याल, अभिनित चौलागाईं, अर्जुन बिसी, नुमाकान्त पाण्डे, कृपा पाण्डे, राज कुटाली, जय शम्भु, लिला निश्चल र राम ब. बिकको अभिनय रहेको छ। शम्भु चालिसे र मधुर बस्नेतको छायांकन, मिलन बिक र विष्णु शर्माको सम्पादन तथा बि स्टार फिल्मस् प्रालिले भिडियो दृश्य निर्माण गरेको छ। कार्यक्रमको सुरुवातमा बालगायक सक्सेस पाण्डेले गीत गाएर सुनाएका थिए।

(भिडियो)

२०७५ मंसिर ४ गते ५:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर