निर्मला हत्याकाण्ड : ‘हामीले अनुसन्धान गरिरहेकै छौं’ – नेपाल प्रहरी

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ७ गते ६:२४

कञ्चनपुर, भीमदत्तनगर । गत साउन १० गते कञ्चनपुरमा भएको निर्मला हत्याकाण्डले आजसम्म पनि निकास पाएको छैन। बलात्कार पछि हत्या गरिएकी बालिकाको दोश्रो दिन उखुबारीमा शव फेला परेको थियो। त्यसपछि त्यो घटनाले चर्को मोड लिदै आएको थियो । आजसम्म पनि राज्यबाट दोषीलाई पत्ता नलगाएर संरक्षण गरिरहेको आम जनताले आरोप लगाउदै आएका छन्।

निर्मलाको न्यायको लागि आमा बुवा तथा आफन्तहरु केही दिन यता अनसनमा बसिरहेका छन्। यसअघि काठमाडौँ पुगेर प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै प्रतिपक्षी दलका नेतासम्मलाई छोरीको हत्यारालाई कारवाहीको गुहार मागेका निर्मलाका बुवा÷आमाले हत्यारालाई सार्वजनिक गर्न माग गर्दै २ सातादेखि जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वार अगाडि धर्नामा बसेयता सांसद, नेतादेखि आम सर्वसाधारणको ध्यान त्यहाँ केन्द्रित भएको छ ।

विहीबार बेलुकासम्म धर्नास्थलको नोटकपीमा करीब एक हजार बढीले न्यायको आन्दोलन भन्दै ऐक्यबद्धता जनाएका छन्। गृहनगरको प्रशासन अगाडि धर्ना बसेका बुबाआमालाई भेट्न पछिल्लो केही दिनयता राष्ट्रियस्तरका नेताको दौडधुप बढी देखिएको छ। धर्नास्थल पुग्ने सांसद तथा नेतामध्ये प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका बढी छन्।

धर्ना बसेको तेस्रो दिन नै प्रतिनिधिसभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले धर्नास्थलमै पुगेर हत्यारा सार्वजनिक गर्न माग गर्दै उक्त दबाबमूलक धर्नामा ऐक्बद्धता जनाएका छन्।

केही दिनअघि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह धर्नास्थल पुगेका थिए। सङ्घीय र प्रदेश सरकार घटनाप्रति गम्भीर रहेको बताउँदै नयाँ दिशाबाट अनुसन्धान भइरहेको जानकारी दिए।

उनले धर्नामा बसेका निर्मलाका अभिभावकलाई आफ्नो स्वास्थ्यप्रति ख्याल राख्न आग्रह गर्दै फर्किए। हत्यारा सार्वजनिक गर्न माग गर्दै शुरुआतदेखि नै आन्दोलन गर्दै आएको दबाब समूह र महिला अधिकारकर्मीको साथ रहेको धर्नामा स्थानीयवासीदेखि नागरिक अगुवा पनि पुगेर सर्मथन जनाउँदै आएका छन्।

धर्नामा सर्मथन जनाउन बुधबार भीमदत्तनगर पुगेका सांसद एवं नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले निर्मलाको हत्यारालाई कारवाहीका निम्ति स्थानीय स्तरमा बढेको दुःखेसो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुयाए।

२०७५ मंसिर ७ गते ६:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर