मध्यरातमा बन्यो विमानस्थल तनाबग्रस्त, कर्मचारीहरुको भागाभाग (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १० गते ६:३५

काठमाडौँ। गएराति त्रिभुवन विमानस्थलमा निकैबेर हँगामा चल्यो। नेपाल एयरलाइन्सबाट दोहा उड्न पर्खेका यात्रुको धैर्यताको बाँध टुटेपछि एयरपोर्टका कर्मचारी र सरक्षाकर्मीलाई सम्हाल्न हम्मे पर्यो।

सूचना नदिइकन जहाजको उडान ढिला गरिरहेको र अन्तिममा जहाज नै नउड्ने बताएपछि कुरेका यात्रु एकाएक आगो भए। उनीहरूको आक्रोश नेपाल एयरलाइन्सका कर्मचारी माथि थियो। यात्रुले हँगामा सुरू गरेपछि नेपाल एयरलाइन्सका कर्मचारीको भागदौड चलेको थियो।

यात्रुले सम्बन्धित अधिकारीसँग अगाडि कुरा गर्न कोही नभेटेपछि उपल्लो तहमा फोन गरेका थिए। नेपाल एयरलाइन्सको उडान बारम्बार अनियमित हुने गरेको गुनासो नयाँ भने हैन। तर हिजो राति एयरपोर्टमा जे भयो त्यो हेर्नलायक दृश्य थियो।

दोहा उड्न पर्खेका यात्रु दिलकुमार श्रेष्ठले आफ्नो फेसबुकमा सञ्चारमाध्यमको ध्यानाकर्षण गराएका थिए। उनले लेखेका थिए। ‘नेपाल एयरलाइन्सले यात्रुलाई आज अहिले भर्खर दिएको दुख हेर्नुस २२ः५५ मा उड्नु पर्ने अझै अत्तोपत्तो छैन ।संचार मध्यम को सहयोगको खाँचो छ।’ डिसी नेपालबाट सभार

यो भिडियो हेर्नुस्ः

२०७५ मंसिर १० गते ६:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर