अब महिनामा ३५ रुपैयाँपनि रिचार्ज नगर्ने २५ करोड सिमकार्ड बन्द हुने

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १० गते १४:१४

काठमाडौं । अब एक महिनामा ३५ रुपैयाँ पनि रिचार्ज नगर्ने सिमकार्ड बन्द हुने भएका छन्। हाम्रो छिमेकी मुलुक भारतमा यसै कारण अब २५ करोड सिम बन्द हुने भएका छन्। थोरै रिर्चाज गर्ने, सिमै नचलाउने भोडाफोन, आइडिया, भारतीय एयरटेलका गरी जम्माजम्मी २५ करोड २ जी मोबाइल कनेक्सन बन्द हुने भएको हो। ती कम्पनीले आफ्नो राजश्वमा आएको कमिले ती सिमकार्ड बन्द गराउन लागेको जनाएका छन्।

भारतको फाईनान्सियल एक्सप्रेसका अनुसार, एक रिर्पोटले २ सय ५० मिलियन सस्क्राइबमा एक महिनामा ३५ रुपैयाँ भन्दा कमको रिचार्ज गर्ने गरेको पाइएको छ । एयरटेलसँग एक सय मिलियन यूजर, भोडाफोन र आइडियासँग करिब १ सय ५० मिलियन ग्राहक रहेको एक रिर्पोटले जनाएको छ। जसमा एक व्यक्तिले ३५ रुपैयाँ भन्दा पनि कम रिचार्ज गर्ने पाईएको छ। कम्पनीका अनुसार एक सिमकार्ड वालाले कम्तिमा महिनामा ३५ रुपैयाँको रिचार्ज गर्नुपर्ने हुन्छ।

हाल एयरटेल फोनका ३३० मिलियन ग्राहक रहेको दक्षिण एसियाका भारतीय एयरटेलका सीइओ तथा मेनेजिङ डाइरेक्टर गोपाल विट्टलले बताए। जसमध्ये एक सय मिलियन ग्राहकले एकदमै कम रिचार्ज गर्ने गरेका कारण कम्पनीलाई राजस्व तिर्न कठिन भएको बताईएको छ।

२०७५ मंसिर १० गते १४:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर