कविता –‘अनन्त……’–प्रीति अर्याल

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १३ गते ५:३२

तिमी बेहुला
अनि
म बेहुली भएर
जब अनमिन्छु
जन्म घरबाट
तिम्रो अघिअघि लागेर
पुग्छु
हिमाचलमा
जहाँ
छरिएका छन् पुष्पहरु
छरपस्ट भएर
स्वागतमा
तत्पर देखिन्छन्
सप्तरङ्गी ईन्द्रेणी
तछाड–मछाड गर्दै
रङ्गहरु पोतेर दलिनमा
बीणाहरु
संगित भर्ने छन्
मयुर, डाँफे र मुनाल
नाच्ने छन्
आफ्ना पाउजु बजाउँदै
छमछम छमछम
सोरठी र सेलो नृत्यमा
रङ्गिनेछ प्राङ्गण
रतेउली खेल्ने छन्
एक हुल अप्सराहरु
छुट्टयाइएको हुने छैन
जातीय वर्गीयता
कुनै धर्म संस्कृति
झुमिरहेछन् अप्सरा
सौन्दर्य छर्लङ्ग लुटाएर
रुपान्तरण हुदै
प्रेमिल धुनहरुमा
जुनले चिहाउने छन्
बादलको घुम्टो
अलिकति हटाएर
जुनसगै लजाएर
सर्लक्कै बाधिने छु
अंगालोमा तिमीसगै
अनि
ईश्वरीय रस–पानमा
तल्लीन हुने छौ
मेटाएर कामुकता
काउकुती लगाउदै
बिछ्याएर जवानी
रातो फुलमा
उत्तेजक हाँसो
हाँस्ने छौ

बग्ने छौ
मद्होसी मै
अनन्त…अनन्त

प्रीति अर्याल
बुटवल

२०७५ मंसिर १३ गते ५:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर