काठमाडौंको बीच सडकमै सवारी चालकमाथि ‘ग्याङ एट्याक’ (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १४ गते १०:२९

काठमाडौं । जेब्रा क्रसमा बाटो काट्ने क्रममा त्रिचन्द्र कलेजका विद्यार्थीहरूले एक सवारी चालकलाई निर्घाट कुटपिट गरेका छन्।

काठमाडौंको घण्टा घर अगाडि गुडिरहेको गाडीका चालकलाई ५-६ जना कलेज छात्रले घेरेर बीच सडकमै कुटेका हुन्। नुवाकोटका इश्वर गिरी विद्यार्थीको आक्रमणमा परेका हुन्।

गिरीका अनुसार विद्यार्थीहरूले पानी बोकेको लोड गाडी जेब्रा क्रस अगाडि रोकिनै लाग्दा विद्यार्थीको हुलले एकाएक घेरेर कुटेका हुन्। मुक्का र लात्ति प्रहार गरेर उनको नाक, निधार र अनुहारमा चोट पुर्याएका थिए।

कुटपिट पछि उनीहरूले गाडीका सिसा समेत फुटाएका थिए। बीच सडकमै सवारी चालकमाथि ‘ग्याङ एट्याक’ भएपछि केहीबेर सवारी साधनको आवागमन नै रोकिएको थियो।

रक्ताम्य हुनेगरी सवारी चालकलाई कुटेपछि विद्यार्थीहरू जमलतर्फ भागेका थिए। प्रहरीले आक्रमणकारीको खोजी गरेर कारवाही गर्ने बताएको छ।

भिडियोमा हेर्नुस् यसरी भयो आक्रमणः

२०७५ मंसिर १४ गते १०:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर