गजल-‘पति मरेदेखि रातोकालो लाउने रहर लागेन’-गीता स्मृति कठायत

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १५ गते ३:४७

कसैको जबर्जस्ती थिएन, कसैको कर लागेन
पति मरेदेखि रातो–कालो, लाउने रहर लागेन

जीउन मुस्किल बनाउने, एक त समाज थियो
विधुवालार्इ आफ्नै जवानीको निभर लागेन

सबैले हानेका ढुङ्गाको, पर्खाल बनाएको थिएँ
मलाई तपाँईले हिर्काउनु भएको पत्थर लागेन

प्यार र प्यार गर्ने सित, मलाई बहुत डर लाग्छ
थप्पड र थप्पड हान्नेसित कहिल्यै डर लागेन

सराबीको छेउमा बसेर हो, छोरो सराबी बन्यो
उस्लाई महात्माको छेउमा राखे असर लागेन

गीता ‘स्मृति’ कठायत
दिपायल, डोटी

२०७५ मंसिर १५ गते ३:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर