‘अब जता हेर्यो त्यतै सरकार देखिन्छ’ भन्दै सरकारको कडा आलोचना : निर्मला पन्त प्रकरण

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १६ गते २:३३

काठमाडौं। पछिल्लो समयमा सरकारले निकै ठूलो ताजमाझबीच सामाजिक सुरक्षा कोषको सुरुवात गर्दै गर्दा दण्डहिनता फस्टाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । सो घोषणासभामा प्रधानमन्त्री केपी ओलीले सरकार कहाँ गयो भन्नेहरुलाई देखाउनकालागि प्रचार प्रसारको गरेको बताएका थिए। प्रधानमन्त्रीले ‘अब जता हेर्यो त्यतै सरकार देखिन्छ’ भन्दै सरकारको आलोचना गर्नेप्रति कटाक्षसमेत गरेका थिए।

प्रधानमन्त्रीले ‘जता हेर्यो त्यतै सरकार’ देखिन्छ भनेको केही दिनपछि नै राजधानीका चोक र गल्लीमा ‘सरकार भेटियो न्याय भेटिएन’ भन्दै निर्मला पन्तलाई न्याय दिन माग गर्दै पम्प्लेट टाँसियो। तर सरकारले ती सबै पर्चा पम्प्लेट उक्कायो।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेर सरकारको चौतर्फी आलोचना भइरहेका बेला निर्मलालाई न्याय चाहियो भन्दै टाँसिएका पर्चा पम्प्लेट पनि सरकारले उक्काएपछि चर्को आलोचना भएको छ। सरकारका हरेक कामलाई निर्मला प्रकरणसँग जोडेर हेर्ने र आलोचना गर्ने प्रवृत्ति बढ्न थालेको छ।

सरकारका राम्रा कामपनि निर्मला पन्त सँग जोडेर बद्मान गराउने कार्य हुन थालेको छ। यसमा सरकारकै कमजोरी देखिएको छ। निर्मालालाई न्याय चाहियो भन्दै राजधानीका चोकमा टाँसिएका पर्चा पम्प्लेट उक्काउनुकासाथै पर्चा टाँस्नेलाईसमेत पक्राउ गरेको छ।

निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई सरकारले उन्मुक्ति खोजेको भन्दै आलोचना भइरहेका बेला सरकारका कतिपय प्रवृत्तिले पनि आलोचकलाई नै बल पुर्याएको छ।

निर्मला हत्याका दोषी पत्ता लगाउन नसक्दा चौतर्फी विरोध बढेर गए पनि सरकार भने दोषी पत्ता लगाएर कारबाही गर्न चुकेको छ । सरकारले दोषी पत्ता लगाउन संवेदनशील बन्नुपर्नेमा उदास देखिएको छ । घटनाको प्रमाण नष्ट गर्ने र किर्ते काम गर्ने प्रहरीकै अधिकारीलाई कानुनबमोजिम कारबाहीसमेत गरिएको छैन । पछिल्लोपटक राजधानीका सडक पेटीमा सरकार भेटियो, न्याय भेटिएन लेखिएका पोस्टरहरु टाँसेर सरकारको विरोध भइरहेको छ ।

२०७५ मंसिर १६ गते २:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर