वाईफाईभन्दा फास्ट बन्दै मोबाइल नेटवर्क

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १७ गते ५:२६

बीबीसी,। विश्वका विभिन्न देशहरुमा वाईफाई इन्टरनेट भन्दा मोबाइल नेटवर्कको इन्टरनेट गति तीव्र रहेको एक अध्ययनले देखाएको छ ।

विभिन्न ८० वटा देशमा गरिएको इन्टरनेटको डाउनलोड स्पीड परीक्षणमा ३३ वटा देशमा मोबाइल डाटाको इन्टरनेट भन्दा वाईफाईको गति कम देखिएको छ ।

वायरलेस कभरेज म्यापिंग कम्पनी ओपन सिग्नलका अनुसार भविष्यमा फाइभ जी नेटवर्क आउँदा मोबाइल डाटाको गतिमा झनै वृद्धि हुनुपर्नेछ । सर्भेक्षण गरिएकामध्ये बहुमत मुलुकमा भने अनलाइन सर्फिङका लागि वाइफाइ नै सबैभन्दा छिटो गतिको माध्यमको रुपमा रहेको छ ।

ओपन सिग्नलका अनुसार धेरै देशमा वाइफाइ गति कमजोर हुनुमा वाइफाइ सिग्नलको ‘कन्जेसन’ पनि एक कारणको रुपमा रहेको छ । एकै ठाउँमा धेरैवटा वाइफाई नेटवर्क रहँदा वाइफाइ तरंगहरु आपसमा जुध्ने वा गति कमजोर हुने समस्या उत्पन्न हुन्छ ।

अष्ट्रेलिया जस्तो मुलुकमा वाइफाइ भन्दा मोबाइल डाटाको डाउनलोड स्पिड १३ एमबिपिएस फास्ट छ । त्यस्तै कतार, फ्रान्स, मेक्सिको, टर्की तथा दक्षिण अफ्रिकामा पनि मोबाइल नेटवर्क वाइफाई भन्दा तिव्र गतिको छ ।

उता हंगकंग, अमेरिका, थाइल्याण्ड, इजरायल तथा रुस जस्ता मुलुकमा भने मोबाइल इन्टरनेट स्पीड भन्दा वाइफाइ स्पीड झण्डै दोब्बर बढि छ । रिपोर्ट अनुसार फोर जी नेटवर्क उपलब्ध ५० मुलुकमध्ये ६३ प्रतिशतमा मोबाइल नेटवर्क नै वाइफाइ भन्दा तिव्र रहेको पाइयो ।

फाइभ जी आउँदा गतिको यो फरक झनै फराकिलो हुनेछ । तर विश्वका सबै भागमा फाइभ जी नेटवर्क पुग्न धेरै समय लाग्ने हुनाले दुनियाका सबै ठाउँमा मोबाइल नेटवर्क वाइफाई भन्दा तेजिलो बन्न समय लाग्ने छ ।

हालै चिनिया स्मार्टफोन कम्पनी हुवावेले यस्तो फोन बनाइसकेको छ जसले सबैभन्दा फास्ट नेटवर्क समात्न सक्दछ । त्यस्तै सामसुङले पनि यस्तो स्मार्टफोन बनाउने प्रयास गरेको छ जसले ब्राउजिङ स्पीड बढाउनका लागि वाइफाइ र मोबाइल नेटवर्क दुबैको इन्टरनेट प्रयोग गर्दछ ।

२०७५ मंसिर १७ गते ५:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर