अब ड्रोनबाटै सामानको डेलिभरी (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २३ गते १६:०६

एजेन्सी । ओन्टरियो टापु सामान ढुवानीका लागि ड्रोन प्रयोग गर्ने मुलुक बन्दैछ । बीबीसीकाअनुसार अर्को वर्ष ड्रोनले सामान ढुवानी सेवा दिन शुरु गर्नेछ ।

मुसे क्रि पहिलो देशले ड्रोनका लागि व्यापारिक सम्झौता गरेको छ । १.५ मिलियन पाउण्डमा यो सम्झौता भएको जनाइएको छ । ड्रोनले औषधी, खानालगायत अत्यावश्यक वस्तु ओसारपसार गर्नेछ ।

मुसे फ्याक्टरी आइल्याण्डमा गर्मीमा बोटबाट, चिसोमा आईस रोडबाट र अघिपछि हेलिकोप्टरमाफर्त मात्र जान सकिन्छ । ड्रोन डेलिभरी सेवा परीक्षणपछि आगामी वर्ष शुरु हुनेछ ।

ड्रोनले ५ केजीमात्र सामान बोक्न सक्ने र ५ किलोमिटर यात्रा गर्न सक्ने बताइएको छ । आइल्याण्डको नजिकको सहरदेखि मुसे नदीसम्मको ५ किलोमिटरको दुरीसम्म यसले सामान ढुवानी गर्नेछ ।

२०७५ मंसिर २३ गते १६:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर