गिताकाे अनुसार यसरी सृष्टिको आरम्भ र अन्त्य हुनेछ ,

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २६ गते १७:३२

सर्वभूतानि कौन्तेय प्रकृर्ति यान्ति मामिकाम् ।
कल्पक्षये पुनस्तानि कल्पादौ विसृजाम्यहम् ।। ( गिता ९\७)

हे कौन्तेय ! सबै भूत कल्पको अन्तमा मेरो प्रकृति प्राप्त हुन्छ, कल्पको प्रारम्भमा उनीहरुलाई म पुनः उत्पन्न गर्छु ।

 

व्याख्या– उत्पत्तिदेखि लिएर प्रलय सम्म सृष्टि अनेक कल्पमा बाँडिएको छ । जब अन्तिम कल्प हुनेछ, तब प्रलयकालमा सबै भूत तथा जो चराचर जगत छ, उनीहरु सबै आफ्नो मूल प्रकृतिमा लीन हुनेछ, किनकी सृष्टि मूल प्रकृतिबाट उत्पन्न हुन्छ र प्रलय कालमा यी सबै फेरि मूल प्रकृतिलाई नै प्राप्त हुन जान्छ ।

प्रलयपछि जब फेरि सृष्टिको निर्माण हुनेछ, तब उही मूल प्रकृतिबाट फेरि सृष्टिको उत्पत्ति हुन्छ । यस प्रकार यो सिलसिला अनन्तकालसम्म चलिरहन्छ ।

जसरी बिउमा पूरै रुख लुकेको हुन्छ यस्तै गरि मल प्रकृतिमा पूरा विश्व रहेको हुन्छ । यो मूल प्रकृति अरु केही नभएर परमात्माको शक्ति हो ।

२०७५ मंसिर २६ गते १७:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर