कस्तो आश्चर्य, जहाँ अचानक सडकमैं चकलेटको खोला बग्न थाल्यो

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २८ गते ७:५९

बर्लिन । सामान्यतया सडकमा गाडी मोटर चल्ने गर्दछ । कहिलेकाँही आन्दोलनको बेला सडकमा दुध, फलफुल र वर्षातमा पानी बग्ने गर्दछ । हामी सबैंले थाहाँ पाए आनुसार पिच गरेको सडक कालो रंगको हुन्छ । तर जर्मनीमा भने एक सडकको रंग बदलिएर खैरो भयो । खासमा भएको के थियो भने जर्मनीको वेस्टनेन सहरमा रहेको एक सडकमा चकलेट बोकेर हिँडेको एक ट्रकबाट तरल चकलेट लिक भएर सडकमा पोखिएको थियो।

तरल चकलेट चिसोले गर्दा जम्यो र सडक नै बन्द गर्नुपर्यो । सडकमा चकलेट जमेर समस्या आएपछि पछि दमकल कर्मचारीलाई बोलाउनु परेको थियो । त्यसपछि आएका २५ दमकल कर्मचारीहरुले तातो पानी र साभेलको प्रयोग गरेर चकलेट हटाए । जुन कारखानाको चकलेट पोखिएको थियो त्यसका कर्मचारीहरुले सरसफाईको कार्यमा सघाएका थिए । एजेन्सीको सहयोगमा

२०७५ मंसिर २८ गते ७:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर