यी भयानक १६ रोगको निवारणमा रुद्राक्षको महत्व

आजको खबर   |    प्रकाशित : २०७५ पुष १ गते १७:०३

आयुवेद विज्ञानमा रुद्राक्षलाई महाऔषधिको रुपमा लिइन्छ । रुद्राक्ष उष्ण तथा अम्लयुक्त हुने भएकोले वाथ तथा कफ रोग हटाउने गुण यसमा हुन्छ । यसमा भिटामिन ‘सि’ हुने हुँदा रगत बढाउन, सफा गर्न र रक्तविकार नासगर्न उपयोगी छ ।

रुद्राक्षमा रोग नासगर्ने शक्ति हन्छ । रुद्राक्ष आधाणमात्रैले पनि ज्वरो, उत्जेना, अनिन्द्रा । रक्तचाप, मृगी (छाहारे रोग), स्वप्नदोस जस्ता विकारबाट मुक्ति मिल्छ । रुद्राक्षको धारणबाट दरिद्रता नास हुने जनविश्वास छ ।

उच्च रक्तचाप, भूतवाधा, शारिरिक दुर्वलता, पेटको रोग र छालाको रोगमा रुद्राक्ष रोग निवारण गर्ने काम गर्छ । रुद्राक्ष धारण र सेवन विषयमा विभिन्न शास्त्रमा उल्लेख गरिएको छ । योग वैद्य वा आयुर्वेद ज्ञाताको परामर्श लिएर रुद्राक्ष धारणा गर्नु बढी लाभलायी हुन्छ । विशेष गरी निम्न लिखित रोगको निवारणमा रुद्राक्षको प्रयोग गरिन्छ ।

मानसिक रोग
गाईको दुधमा चारमुखे रुद्राक्ष डुबाएर उक्त दुध दिनको दुई पटक सेवन गरेमा केही दिनमा मनमस्तिक शान्त हुन्छ र स्मरण शक्ति समेत बढाउन मद्दत गर्छ

स्मरणशक्ति बढाउन
चारमुखे अथवा ६ मुखे रुद्राक्ष पूजा गरी धारण गर्नाले स्मरणशक्ति बढ्छ ।

उच्च रक्तचाल
रुद्राक्ष मालाको धारणलेमात्र पनि रक्तचाप नियन्त्रणमा आउँछ । पाँचमुखे रुद्राक्ष र स्वर्णपाक्षिक भष्म बराबर मिलाएर महसँग खाने गरेमा केही दिनमै रक्तचाप नियन्त्रण हुन्छ ।

छालाको रोग
कालो गाईको सुख्खा गोवर र पाँचमुख रुद्राक्षको भष्म गंगा जलमा मिलाएर शरिरमा लगाउने गरेमा सबै छालाको रोग निको हुन्छ ।

पेटको रोग
हरेक दिन साँझको समयमा तामाको भाडामा पानी राखी पाँच ओटा रुद्राक्ष भिजाउने र भोलिपल्ट उक्त पानी पिउने । ४० दिन यो प्रक्रिया गर्दा पेटको प्राय सबै रोग निको हुन्छ ।

मुर्छा वा हिस्टेरिया
महिलामा मुर्छा र हिस्टेरिया हुने रोग छ भने छ मुखे रुद्राक्ष विधिपूर्वक पूजा गरेर धागोको सहायताले कम्मरमा बाधिदिनाले उक्त समस्या समाधान हुन्छ ।

अजिर्ण
दशमुखे रुद्राक्ष गोलमरिच बराबरमात्रामा साँझपख पानीमा पकाएर राख्ने र विहान खाली पेटमा उक्त पानी दुई गिलास पिउने गरेमा केही दिनमै अजिर्ण समाप्त हुन्छ ।

आगोले पोलेमा
तीनमुखे रुद्राक्ष घोटेर नरिवलको तेल तताई मनतातो लगाउने गरेमा पोलेको घाउमा आराम मिल्छ ।

ज्वरो
विधिपूर्वक पूजन गरेर तीनमुखे रुद्राक्ष धारण गर्नाले ज्वरो निको हुन्छ ।

काश रोग
दशमुखे रुद्राक्ष गाईको दुधमा घोटेर दिनको तीन पटक चाट्ने गरेका पुरानो काश रोग समेत निको हुन्छ ।

कम्मर दुखेमा
पाँच मुखे रुद्राक्षलाई ढुंगामा घोट्र बाख्राको दुधमा खाने गरेमा केही दिनमै कम्मर दुखने रोग ठिक हुन्छ ।

कपाल झरेमा
नौमुखे रुद्राक्षको भष्म अमलाको रसमा मिलाइ दिनको दुई पटक कपालको फेदमा लगाउने गरेमा दुई महिनाभित्रै कपाल कालो भएर आउँछ र झर्न समेत बन्द हुन्छ ।

भूतप्रेत वाधा हटाउन
विधिपूर्वक पूजा गरी दशमुखे रुद्राक्ष गला वा पाखुरामा धारण गर्नाले भूतप्रेत लाग्दैन ।

चिलाउने रोगमा
हलेदो, निमपत्ता र छमुखे रुद्राक्ष बराबर मिसाइ पानीमा भिजाउने र त्यसलाई पिसेर मालिस गर्नाले चिलाउने रोग निको हुन्छ ।

आँखा दुखेमा
पाँचमुखे रुद्राक्ष घोटेर आँखामा लगाउँदा आँखाको पीडा कम हन्छ ।

दरिद्रता नासगर्ने
सातमुखे रुद्राक्ष विधिपूर्वक पूजा गरी गला अथवा पाखुरामा धारण गरी प्रत्येक दिन महालक्ष्मी मन्त्रपाठ गर्नाले दरिद्रता नास हुन्छ ।

 

२०७५ पुष १ गते १७:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर