चीन र साउदी अरबका असाधारण गतिविधिबारे ट्वीटरको चेतावनी

आजको खबर   |    प्रकाशित : २०७५ पुष ४ गते ४:५०

बीबीसी । ट्वीटरले चीन र साउदी अरबका असाधारण गतिविधिबारे चेतावनी दिएको छ । यसअघि नोभेम्बर १५ मा फेला पारिएको एउटा ‘बग’ ले प्रयोगकर्ताका फोन नम्बरबाट देशको कोड लगायतका जानकारी लिक गराएको खबर गरिएको थियो । यसरी चीन र साउदी अरब एउटा सहायता फारममार्फत त्यही बगसँग सम्बन्धित रहेको पाइएको ट्वीटरले जनाएको हो ।

चीन र साउदीका आइपी ठेगानाले सो फारमको प्रयोग गर्दै ठूलो सङ्ख्यामा प्रयोगकर्ताबारे प्रश्नहरु पठाएको ट्वीटरको भनाइ छ । यसरी राष्ट्रको प्रायोजनमै यस्तो गरिएको हुन सक्ने ट्वीटरको आशंका छ । यसरी ट्वीटरले यो काण्डबारे सम्बन्धित निकायलाई खबर गर्दै आफ्नो पूर्ण पारदर्शिता नीतिलाई स्पष्ट पारेको बताएको छ । साथै यसबाट प्रत्यक्ष प्रभावित भएका प्रयोगकर्ताहरुलाई पनि खबर गरिएको ट्वीटरको भनाइ छ । तरपनि कसैको पूरा फोन नम्बरबारे खुलासा नभएको वा कुनैपनि व्यक्तिगत जानकारी बाहिर नआएको दाबी गरिएको छ ।

यससँगै कम्पनीको बजार भाउ सोमबार ७ प्रतिशतले घटेको हो । यसरी अमेरिकी सिनेटको रिपोर्टले रुसले सबै प्रमुख सामाजिक संजाल मार्फत २०१६ को राष्ट्रपति निर्वाचनमा प्रभाव पारेको खुलासा गरेकै दिन बगबारे खबर गरिएको थियो । यस अन्र्तगत रुसले कन्जरभेटिबहरुलाई लक्षित गर्दै आप्रवासन, जाति र बन्दुक सम्बन्धि कानुनबारे विभिन्न पोस्टहरु गरेको थियो । त्यस्तै रुसले चुनाव प्रक्रियाबारे गलत प्रचार फैलाएर अफ्रिकी अमेरिकी नागरिकहरुको मतदान शक्तिलाई कमजोर बनाउने प्रयास गरेको पनि पाइएको हो । यसमा रुसले युट्युब, इन्स्टाग्राम, टम्बलर, पेपल, फेसबुक, ट्वीटर लगायत सबै प्रमुख सामाजिक संजाल मार्फत गलत प्रचार फैलाउँदै अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेपको प्रयास गरेको रिपोर्टमा उल्लेख छ ।

२०७५ पुष ४ गते ४:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर