दोहा बैंकको सम्पर्क कार्यालय काठमाडौँमा

आजको खबर   |    प्रकाशित : २०७५ पुष ४ गते १७:२४

काठमाडौँ । कतारको राष्ट्रिय बैंक दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा स्थापना भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बुधबार आयोजित समारोहमा उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा उनले बैंकको सम्पर्क कार्यालय स्थापनासँगै नेपाल र कतारबीच व्यापारिक सम्बन्ध विस्तारमा मद्दत पुग्नुका साथै नेपालमा कतारी लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै भएको कतार भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याएको बताए । उद्घाटन समारोहमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, राष्ट्र बैंकका डेप्युटी गभर्नर द्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, नेपालका लागि कतारका राजदूत युसुफ बिन अहमद हेल तथा कतारका लागि नेपाली राजदूत रमेश कोइराला र नेपालका संस्कृतिक राजदूत प्रसीद्ध सिने कलाकार दया प्रदालगातको उपस्थिती थियो ।

२०७५ पुष ४ गते १७:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर