तपाईको राशी कुन हो ? यस्तो छ राशी अनुसारको जागिर ,

आजको खबर   |    प्रकाशित : २०७५ पुष ५ गते ४:१२

धार्मिक अनुष्ठान हो या पूजा पाठ कुनै पनि मांगलिक कार्य हो अथवा देवीको आराधना, सवै शुभ कार्यमा पहिला कुण्डली तथा राशिलाई मिलाउन जरुरी छ । तर के तपाईले कहिले सोच्नु भएको छ की तपार्इ को राशि तथा ग्रह तपार्यको नोकरीमा सफता दिन पनि सक्छ र असफलता दिलाउन पनि सक्छ । खाखिर यस्तो किन हुन्छ ? यसको कारण के हो ? आउनुहोस् थाहा पाउनुहोस् राशिको हल र त्यससँग जोडिएको जागिरको बारेमा ।

मेष राशि मेष राशिका मानिसको जागिर सामान्यताया बुधसँग नियन्त्रित हुन्छ । सामान्य नोकरी चुन्नमा समस्या तथा दुविधा हुने भएका कारण नोकरी पाउन बाधा आउँन सक्छ । यस समस्या समाधान गर्नका लागि विहान गणेशजीलाई दुबो चढाउन आवश्यक हुन्छ ।

वृष राशि वृष राशिमा शुक्रको सम्बन्ध नोकरी पाउनेसँग हुन्छ । सामान्यतया यी मानिसलाई जागिर पाउनका लागि धेरै संघर्ष गर्नुपर्ने हुन्छ र आफ्नो योग्यता अनुसार यसको शुरुवातमा नोकरी मिल्न सक्दैन । यस समस्याको निवारणका लागि शिव जीलाई सुगन्ध अपर्ण गर्नुपेर्ने हुन्छ ।

मिथुन राशि मिथुन राशिमा मंगल नोकरी पाउनका लागि जिम्मेवार हुन्छ । सामान्यता यसको क्रोध र हतारका कारण यो राशी भएका कारण नोकरी पाउनमा समस्या हुन सक्छ । यसका लागि विहान सधै हनुमान चालिसा पाठ गर्नु शुभ हुन्छ ।

कर्कट राशि कर्कट राशि भएका मानिसका लागि शनि नोकरीका लागि जिम्मेवार ग्रह हो । यी राशी भएकालाई नोकरी पाउन समस्या हुँदैन । यी राशी भएकाहरुमा नोकरी गर्नमा समस्या हुन्छ जसका कारण यी राशी भएकाहरुको जागिर दिगो हुन्न । यस्तो समस्या समाधानका लागि यी राशी भएका मानिसले लामो समयसम्म शनिवार दीयो बाल्नुपर्ने हुन्छ ।

सिंह राशि सिंह राशिवाला मानिसको जागिर आम रुपमा चन्द्रमासँग निर्धारित हुन्छ । यिनीहरुलाई जागिर पाउन धेरै सघर्ष गर्नुपर्ने हुन्छ । र जागिरमा अगाडि बढ्न पनि निकै समस्या हुन्छ । चाढै जागिर पाउनका लागि यस्ता मानिसले शिवलिंगमा नियमित जल चढाउँदा फाइदा पुग्ने ज्यातिषशास्त्रको मत रहेको छ ।

कन्या राशि कन्या राशि भएका मानिसलाई सूर्य भगवानले जागिर दिनका लागि वातावरण तया गर्छन् । आम रुपमा यो नोकरी गर्नमा धेरै विगचार गर्दैनन् । यिनीहरुलाई सधै व्यवसाय गर्ने शौक हुन्छ । यदी नोकरी पाउनमा समस्या भएको खण्डमा सूर्यको अगाडि गायन्त्री मन्त्र जप गर्नुपर्ने हुन्छ ।

तुला राशि तुला राशि भएका मानिसको लागि वृहस्पतिको कृपा भाव पर्न आवश्यक छ । आम रुपमा यिनीहरुको स्थितिसँग कहिले सन्तोष मिल्दैन । यसका लागि यि राशि भएका नोकरी छाडिरहन्छन् । यदी तपाईको तुला राशि हो र जागिर पाउनुभएन भने केरा दान गर्नुहोस् फाइदा पुग्छ ।

वृश्चिक राशि यो राशीका लागि जागिर पाउन शुक्रको कृपा दृष्टि हुन आवश्यक छ । यी मानिस जोड तोड रहेका हुन्छ । जसका कारण जागिर नटिक्ने समस्या आउन सक्छ । यदी यस्तो समस्या आएको छ भने साझको समयमा सेतो वस्तु दान गर्नु पर्छ ।

धनु राशि धनु राशिसँग ताल्लुक राख्ने वाला मंगलका कारण नोकरी मिल्छ । यी राशि भएकाहरु आफ्नो मनमजीसँग नोकरी गर्न चाहन्छन् । जसका कारण नोकरी पाउनमा समस्या हुन्छ । नोकरी पाउनका लागि यो राशि भएका मानिसले विहान हनुमान चालिसा पाठ गर्दा फाइदा हुन्छ ।

मकर राशि यस राशिका लागि नोकरीको व्यवस्था बुधले गर्छ । मुख्य रुपमा यी राशी भएकाहरुलाई जागिर भन्दा आफ्नै व्यवसायतर्फको झुकाव बढी हुन्छ । यदी तपाई जागिर गर्न चाहनुहुन्छ र समस्या आइरहेको छ भने विहान गणेशजीलाई लड्डु चढाउँदा फाइदा हुन्छ ।

कुम्भ राशि चन्द्रमाको कृपाका कारण यो राशि भएकाले जागिरमा अवसर पाउँछन् । यस राशिभएकाहरु सामान्यताया कसैको बन्धनमा रहन चाहदैनन् । जसका कारण गम्भीर भएर यी राशी भएका मानिसले जागिरको खोजी गर्दैनन् । यदी खोज्दा पनि पाउनुभएको छैन भने शिवलिंगमा चन्दन अर्पण गरेको खण्डमा तपाईंलाई फाइदा पुग्छ ।

मीन राशि मीन राशि भएकालाई शनी देवको कृपाका कारण जागिर मिल्छ । मीन राशिभएकाले तत्कालै जागिर पाउने गर्छन् । तर लापरवाहीका कारण यी मानिसले कहिलेकाही पाउन लागेको जागिर पनि गुमाउने छन् । यी राशि भएका मानिसमा सरकारी नोकरी पाउने बढी सम्भावना हुन्छ ।

२०७५ पुष ५ गते ४:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर