निर्दयी प्रेमिका ! जसले आफ्नै प्रेमीको हत्या गरी मासु पकाएर मजदुर खुवाइन्

आजको खबर   |    प्रकाशित : २०७५ पुष ५ गते १४:१५

एजेन्सी । यति सम्म निर्दयी युवती जसले यस्तो काम करीन कसैले सोच्न समेत सक्दैनन् । यो घटना थाहा पाएपछि पत्याउन समेत मुस्किल पर्छ ।

यो घटना मोरक्कोको हो । एक प्रेमिकाले प्रेममा धोका खाएको झोंकमा आफ्ना पूर्व प्रेमीको हत्या गरेर उनको मासु पकाएर मजदुरलाई भोज खुवाएकी छन् ।

सो रिपोर्टअनुसार ३० वर्षीया ती महिला ३ वर्षयता एक युवकसँग प्रेम सम्बन्धमा थिइन् । तर, उनका प्रेमीले पछि अर्कै महिलासँग बिहे गरे ।

तब ती प्रेमिका यतिसम्म क्रूर भइन् कि, उनले एकदमै अमानवीय बाटो समातिन् । प्रेमीले आफूलाई धोका दिएको ठहरसहित उनले प्रेमीको हत्या गरिन् । र, शवलाई काटेर मासु पकाइन् ।

अनि त्यसरी पकाइएको मासु उनले पाकिस्तानी मजदुरलाई खुवाइन् । उब्रिएको मासु उनलाई २ दिनसम्म राखेर कुकुरलाई खुवाइन् । कतिसम्म निर्दयी ! ‘खलिज टाइम्स’ मा प्रकाशित रिपोर्टमा सो घटनाबारे बिस्तृतमा उल्लेख गरिएको छ ।

मृतकका भाइ आफ्ना दाइको खोजी गर्न जानेक्रममा युवतीको घरमा मानिसको दाँत देखेपछि निर्दयी प्रेमिकाको कर्तुत भण्डाफोर भएको थियो ।

मृतकका भाइले प्रहरी लिएर आएपछि युवतीले पहिला त आफ्नो पूर्वप्रेमीबारे कुनै जानकारी नभएको भन्दै पन्छिन खोजिन् । तर, प्रहरीले थप केरकार गरेपछि उनले सबै कुरा ओकलिन् ।

पछि भेटिएको दाँतको डिएनए परीक्षणबाट समेत उक्त दाँत उनकै भूपू प्रेमीको पुष्टि भएपछि युवतीको कर्तुत खुल्यो ।

घटना सार्वजनिक भएपछि ती युवतीले आफ्नो नयाँ ब्वाइफ्रेन्डको सहयोग लिएर पूर्वप्रेमीको हत्या गरेको स्वीकारेकी छन् । त्यत्ति मात्रै हैन, उनले त शवको मासु पकाएर मजदुर र कुकुरलाई खुवाएको पनि प्रहरीसमक्ष स्वीकारेकी छन् ।

२०७५ पुष ५ गते १४:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर