पुजारीले नै विष हालेको खुल्यो रहस्य

आजको खबर   |    प्रकाशित : २०७५ पुष ६ गते १४:१३

चामराजनगर। भारतको कर्नाटक राज्यको चामराजनगर जिल्लाको महादेश्वरा हिल सलुर मठका महन्त (मूल पुजारी) र उनका तीन सहयोगीलाई प्रसादमा विष लिाएको अभियोगमा पक्राउ गरिएको छ । १४ डिसेम्बरका दिन यहाँ एक मन्दिरको शिलान्यासको समयमा बाँडिएको प्रसाद खाएपछि १५ जनाको मृत्यु भएको थियो । पुलिसको जाँमा भक्तहरुलाई मार्ने षड्यन्त्र गरिएको रहस्य खुलेको छ । यसको लागि महन्त र उनका सहयोगीले प्रसादमा ५ बोतल कीटनाशक विषादी मिलाएका थिए । ५२ वर्षका महन्त पट्टदा इम्मादी महादेश्वरा स्वामी भनिने देवन्ना बुद्धि र उनका तीन सहयोगी (एक महिला उनका पति र एक साथी)लाई पक्राउ गरिएको छ ।

गएको अक्टोबरमा यो मठको ट्रस्टले मठमा गोपुरम (विशाल प्रवेश द्वार) बनाउने निर्णय गरेको थियो । महन्तलाई यसबारे बताइएको थियो । महन्तले यो द्वार तामिलनाडुका आर्किटेक्टबाट बनाउन चाहन्थे । महन्तले यसका लागि डेढ करोड रुपैयाँ खर्च लाग्ने बताएका थिए । महन्तले यसो भनेपछि उनीमाथि पैसा खान खोजेको आरोप लाग्यो र ट्रस्टले उनको प्रस्ताव अस्वीकृत गर्यो । पछि ट्रस्टले यसको बदलामा ७५ लाखको लागतमा एक मन्दिर बनाउने फैसला गर्यो । १४ डिसेम्बरमा त्यही नयाँ बन्न लागेको मन्दिरको शिलान्यास थियो ।

प्रहरीका अनुसार आफ्नो अपमानको बदला लिनको लागि महन्तले नै शिलान्यास कार्यक्रममा बाँडिने प्रसादमा विष मिलाउने षड्यन्त्र गरेका थिए । ३५ वर्षकी उक महिलाले पुजारीलाई १५ बोतल कीटनाशक ल्याएर दिएको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ । महिलाका पति र उनका एक साथीले यो कीटनाशकलाई प्रसादमा मिसाएका थिए । प्रहरीका अनुसार अप्रिल २०१७ सम्म महादेश्वरा मठ महन्त देवन्ना बुद्धिको नियन्त्रणमा थियो । उनले मठबाट अकूत सम्पत्ति कमाएका थिए । त्यसपछि स्थानीयले मठको आय पारदर्शी बनाउन ट्रस्ट बनाएका थिए । यसबाट महन्त रिसाएका थिए । उनको कमाइ बन्द भएको थियो र मन्दिरमाथि नियन्त्रणको विषयमा आन्तरिक कलह सुरु भएको थियो ।

२०७५ पुष ६ गते १४:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर