बन्दुकधारीद्वारा नाइजेरियामा २५ को हत्या

आजको खबर   |    प्रकाशित : २०७५ पुष ७ गते ३:१९

अबुजा । नाइजेरियामा अज्ञात बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २५ जनाका मारिएका छन् ।

जाम्फारा राज्यको तीन वटा समुदायमाथि भएको आक्रमणमा परी अरू एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

विभिन्न स्रोतले दिएको जानकारीअनुसार बिर्नीन मागाजी क्षेत्रमा बुधबार पछिल्लो आक्रमण भएको हो ।

नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा विगत छ महिनादेखि शृङ्खलाबद्ध रूपमा आक्रमण हुैदै आएको छ ।

स्थानीय बासिन्दाले घटनामा पीडितका अधिकाँश खेतबारीमा काम गर्ने किसान तथा मजदुर रहेको जनाएका छन् ।

२०७५ पुष ७ गते ३:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर