स्पेन सरकारद्वारा आन्दोलनकारीसँग वार्ता

आजको खबर   |    प्रकाशित : २०७५ पुष ७ गते ५:२१

बार्सिलोना । क्याटलोनियाका पृथकतावादीहरुले बार्सिलोनामा प्रदर्शन गर्न र सडक बन्द गर्न लागेपछि सरकारले उनीहरुसँग वार्ता गरेको छ ।

प्रधानमन्त्री पेड्रो सान्चेज नेतृत्वको मन्त्रीपरिषद्को टोलीले क्याटलोनीयामै उनीहरुसँग कडा सुरक्षाकाबीचमा शुक्रबार वार्ता गरेको हो। साप्ताहिक रुपमा बस्ने मन्त्रीपरिषद् बैठक मड्रिडमा बस्ने गरेको थियो । तर सान्चेज नेतृत्वको छ महिना पुरानो समाजवादी सरकारले पृथकतावादीहरुको आन्दोलन अन्त्य गर्न क्याटलोनियामै मन्त्रीपरिषद् बैठक गर्ने निर्णय गरेको थियो ।

गत बर्ष भएको जनमत संग्रहले स्पेनबाट क्याटलोनियालाई छुट्याउने प्रयास असफल बनाएको थियो । पृथकतावादीहरुले क्याटलोनियामा गठन गरेको सरकारका प्रमुख क्विम तोर्रा र सान्चेजले प्रभावकारी र अर्थपूर्ण वार्ताका लागि प्रतिबद्धता जनाएका छन ।

विहिबार राती बार्सिलोनामा भएको वार्तामा उनिहरुले वार्ताबाटै स्पेन र क्याटलोनियाको द्वन्द्वलाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन ।
प्रदर्शनकारीले भने राजमार्ग र रेलमार्गहरु अवरुद्ध गरेका थिए भने क्याटलोनिया क्षेत्रीय संसदमा जवरजस्ती प्रवेश गर्ने प्रयास पनि गरेका थिए ।
प्रदर्शनका समर्थकहरुले पटक पटक ट्वीटरमा लेखेका थिए, “डिसेम्बर २१ का दिन हामी अनियन्त्रीत र असिमित हुनेछौँ ।”

२०७५ पुष ७ गते ५:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर